नेपालगन्ज: बाँके प्रहरीले विभिन्न गैरसकारकारी संस्थाको सहयोगमा मानव तस्करलाई बेलाबखतमा पक्राउ गर्ने गरेको छ । यसरी पक्राउ भएका तस्करहरूलाई सिधै कानूनी दायरामा लिनुपर्ने प्रावधान छ ।
तर, पक्राउका परेका मानव तस्करहरू बार्गे्निङ र चरम राजनीतिक दबाबले सहजै छुट्ने गरेका छन् । उनीहरूमाथि अहिलेसम्म कुनैपनि खालको कारवाही भएको प्रतिवेदन प्रहरीले सार्वजनिक गर्न सकेको छैन् ।
पक्राउ गरेको सूचना हताहतारमा बाहिरन्छ तर, दोषीमाथि कारवाही भएको वा छुटेको बारे पीडितलाई समेत अवगत हुँदैन् । यसले पीडितहरूमाथि झनै पीडा थप्ने गरेको उनीहरू बताउँछन् ।
बुधबार पनि भारत हुँदै खाडी मुलुकतर्फ जाने योजनामा रहेका दुई नेपाली किशोरीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको छ । उनीहरूसँगै मानव तस्करीमा संलग्न एक व्यक्ति पनि पक्राउ परेका छन् ।
बाँकेको नेपालगन्ज हुँदै भारत प्रवेश गरेका उनीहरूलाई भारतको सीमा सुरक्षा बल (एसएसबी) को ४२ औं बाहिनीले नियन्त्रणमा लिएको हो । भारतीय संचारमाध्यमका अनुसार उनीहरूलाई भारत हुँदै खाडी मुलुक पठाउने धन्दामा संलग्न तस्करलाई समेत पक्राउ गरिएको छ ।
पक्राउ पर्ने सल्यानका लोकेन्द्र खत्री रहेको भारतीय सुरक्षा बललाई उदृत गर्दै जमुनाहस्थित प्रहरीले बताएको छ । रोजगारीको प्रलोभन देखाएर सल्यानका दुई किशोरीलाई मानव तस्करले भारतको अहमदावाद लैजाने क्रममा नियन्त्रणमा लिइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जमुनाह प्रहरी बताउँछ । प्रहरीकाअनुसार उनीहरुलाई खाडी मुलुक पठाउने भन्दै भारततर्फ लगिएको अनुसन्धानले देखाएको छ ।
उद्दार गरिएका दुई किशोरीमध्ये एउटी १४ वर्ष र अर्की १७ वर्ष उमेरका छन् । उनीहरूलाई मानव बेचविखनविरुद्ध क्रियाशील संस्था ‘शक्ति समूह’को जिम्मा लगाइएको छ ।
यसअघि महिला बेचबिखनको आशंकामा राप्ती सोनारी–८ बस्दै आएका ३४ बर्षीय नबिन कुमार श्रेष्ठ र बाग्लुङ ढोरपाटनकी ३७ बर्षीया जुनु बिक, दाङ जिल्ला मानपुर गाविस ७ का ३२ वर्षीय यमबहादुर बस्नेत लगायतलाई पक्राउ गरेको थियो । तर, यसरी त्रफाउ हुने तस्करहरू माथी कानूनी कारवाही हुन नसक्दा पीडितले उचित न्याय पाउन नसकेको गनासो गरेका छन् ।
बैदेशिक रोजगारीका बाँकेको नेपालगन्ज लगायतका विभिन्न नाकाबाट दैनिक सयौं महिला तथा बालबालिका बिदेशीएका छन् । यसरी बिदेशीएकामध्ये कतिपय केही वर्षको बैदेशिक रोजगारीपछि घर फर्केका छन । तर, कतिनपय महिला तथा बालबालिका अहिलेपनि वेपत्ताकै सूचीमा देखिएका छन् ।
महिला तथा बालबालिकाको नाममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले दुई दशकदेखि काम गर्दै आएको बेमौसमी प्रतिबेदन सार्वजनिक गर्दै आएका छन् । उनीहरूले बेचबिखनमा पर्नसक्ने र परेका महिलाहरूको उद्दारका लागि विभिन्न कामहरू गर्दै आएको दाबी गर्दै आएका छन् । तर, पछिल्लो पाँच वर्षकै तथ्यांक मात्रै हेर्ने हो भने बेचबिखनमा परेका महिलाहरूको उजुरी प्रहरीसम्म वर्सेनी आउने गरेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् ।
महिला बेचबिखन हुने संख्या मात्रै नभइ शैली पनि बढ्न थालेको प्रहरी विवरणले देखाएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको छ ।
प्रहरीका अनुसार केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलाहरू मात्रै बेचबिखनका जोखिममा पर्ने गरेका थिए । तर, अहिले शहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् ।
बाँकेको नेपालगन्ज नाकाबाट बाहिरिएका ५ सय ७२ जना महिलाको अवस्था अहिले पनि अज्ञात छ । सन् २०१९ मा यो नाकाबाट ८ सय ६९ जना महिला जोखिमपूर्ण यात्रामा रहेका थिए । जसमा नाकामा अड्डा जमाएर बसेका सरकारी तथा गैरसरकारी निकायले २ सय ९७ जनामात्रै फेला परेको तथ्याकं सार्वजनिक गरेका छन् ।
आठ सय ६९ जनाका परिवारले खोजतलासका लागि निवेदन दिएका थिए । ती मध्येमा २ सय ९७ जना फेला परे । बाँकीको अवस्था पत्ता लाग्न सकेको छैन । कहाँ छन् ती महिला बालबालिका र अहिले फेला पर्छन् । यसको खोजी गर्ने निकायको यतिबेला प्रश्न उठ्न थालेको छ ।
नाकामा भेटिएका र अरुले सुराक गरिदिएका आधारमा आफूले उद्दार गरेको संख्यात्मक उपलब्धी देखाउँने उद्धारबादी निकायहरूको ध्यान अब यतातिर जान जरूरी देखिएको छ । अहिलेसम्म वेपत्ता भइरहेका ती ५ सय ७२ महिला तथा बालबालिकाको खोजी होस् ।