नेपालगन्ज: नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिदैँछ । नेपालगन्ज भेरी प्राविधि शिक्षालयमा नयाँ नेतृत्वका लागि यतिबेला मतदान भइरहेकोछ ।
आज विहान ९ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म मतदान चल्ने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले सेतोखरीलाई जानकारी दिए । भेरी प्राविधिक शिक्षालयमा १२ वटा बुथबाट मतदान भइरहेकोछ ।
संघका अध्यक्ष नन्दलाल बैश्यका अनुसार उद्योगी व्यापारीको निर्वाचन भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराखेको बताएकाछन् । जसका लागि टिकाजंग शाहको नेतृत्वमा ६० सदस्यीय मुल निर्वाचन समितिले मतदान गराइरहेको अध्यक्ष वैश्यले वताए ।
‘तीन हजार ४६ जमतदाता रहेको उद्योग वाणिज्य संघका लागि हालसम्म २६ सयले मतदाता परिचय पत्र लगिसकेकाछन् ।’ अध्यक्ष वैश्यले भने–‘निर्वाचनमा कोही पनि नछुटुउन भन्ने उद्देश्यका साथ तयारी गरिएकोछ । परिचयपत्र लिन बाँकी उद्योगी, व्यापारिको हितलाई मध्यनजर गर्दै आज शनिबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदाता परिचय पत्रप्रदान गरिनेछ ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको रोहवरमा शुक्रबार बसेको बैठकबाट मतदाता परिचयपत्र लिन छुटेकालाई सो व्यवस्था मिलाइएको हो । साझा प्रजातान्त्रिक उद्योगी व्यसायीका तर्फबाट सुनिलकुमार शर्मा र समावेसी प्यानलकातर्फबाट कृष्ण्प्रसाद श्रेष्ठको रोहोवरमा संघको हलबाट मतदाता परिचय पत्र प्रदान गरिनेछ । यद्यपी मतदाता परिचयपत्र ल्याउन र लग्न छुटेकालाई नेपाल सरकारले दिएको परिचय खुल्ने आधारबाट मतदान गराइने संघका अध्यक्ष वैश्यले जानकारी दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि व्यावसायिका दुई समुहले प्यानलगत उम्मेदवारी दर्ता गराइ चुनावी मैदानमा होमिएका छन् ।
ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्रविक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार रहेका छन् ।
उक्त समूहको सदस्य पदका उम्मेदवारमा अजयकुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरूदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ, सुरेन्द्र सिंह सरदारले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, अव्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्व समाबेशी समूहबाट उपाध्यक्ष वाणिज्य तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष उद्योग तर्फ आदेश अग्रवाल तथा सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बाँनिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाटले उम्मेदवारी दर्ता गराएकाछन् ।
औपचारिकरुपमा चुनावको प्रचारप्रसार बन्द भएपनि व्यक्तिगतरुपमा उम्मेदवार मतदातालाई भेटि आफ्नो पक्षमा माहोल बनाइरहेकाछन् । उम्मेदवार उद्योगी, व्यापारिहरु मतदाता रिझाउन कार्यमा उम्मेदवारहरु ब्यस्त देखिन्छन् । आफ्नो पक्षमा निर्वाचन मतपरिणाम पार्न उद्योगीहरुको दुवै प्यानल जोडतोडका साथ मतदाता भेटघाटमा ब्यस्त छन् ।