उवासंघको अध्यक्षमा चुन्ना निर्वाचित, आज विजय जुलुश


उवासंघको अध्यक्षमा चुन्ना निर्वाचित, आज विजय जुलुश

नेपालगन्ज: नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व पाएकोछ । आईतबार सम्पन्न मतगणाबाट संघले समावेसी प्यानलका अध्यक्ष अब्दुलवाहिद मन्सुरी ‘चुन्ना’को अगुवाईमा नयाँ नेतृत्व पाएको हो ।

शनिबार भएको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनपछि आईतबार विहान मतगणा गरिएको थियो । संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणा आईतबार अबेर राती १२ बजे सम्पन्न भयो ।

नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा अब्दुल वाहिद मन्सुरी चुन्ना भारी मतले विजयी भए । उनले कुल खसेको २७ सय ९० मत मध्ये १ हजार ५ सय १० मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी ललितकुमार रौनियारलाई २ सय ७६ मतान्तरले पछि पारे ।

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका तर्फबाट अध्यक्ष पदका उम्मेदवार रौनियारले १ हजार २ सय ३४ मतमा समेटिनु प¥यो ।
निकैनै प्रतिस्प्रर्धीरुपमा निर्वाचनमा होमिएका चुन्ना र रौनियारबीच कडा प्रतिस्प्रर्धा भयो । कडा प्रतिस्प्रर्धाका बीच समावेसी प्यानलका चुन्ना विजयी भए ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै समावेशी प्यानलकै आदेश कुमार अग्रवाल विजयी भएकाछन् । उनी उपाध्यक्ष उद्योगतर्फ १ हजार ३ सय ७३ मतले विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी साझा प्रजातान्त्रिकका तपेन्द्र विक्रम शाहले हार ब्यहोर्नु प¥यो । शाहले १ हजार ३ सय ६३ मत प्राप्त गरे । शाहलाई अग्रवालले १० मतले पछि पारे ।

यसैगरी साझा प्रजातान्त्रिकका तर्फबाट उपाध्यक्ष वाणिज्यमा १ हजार ४ सय ९१ मत ल्याउदै अमित कुमार वस्नेत विजयी भएकाछन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी समावेसी प्यानलका ज्ञानेन्द्रकुमार श्रेष्ठलाई २ सय ६४ मतले पछि पारे । ज्ञानेन्द्रले १ हजार २ सय २७ मतमै चित्त बुझाउनुप¥यो ।

समावेसी प्यानलबाट संघको सदस्यहरुमा चिरञ्जीवि ओली १ हजार पाँच सय ७, टंकबहादुर धामी १ हजार ३ सय ८३, धर्मराज अर्याल १ हजार ३ सय ६६, विजय भण्डारी वासु १ हजार ४ सय ८३, भिमबहादुर रानाभाट १ हजार ३ सय २४, मन्दिरा पाण्डे १ हजार ५ सय ४७, श्यामसुन्दर अधिकारी १ हजार ५ सय २० र हरिलाल न्यौपाने १ हजार ५ सय ४८ मत ल्याउदै विजयी भए ।

साझा प्राजातान्त्रिक समूहबाट संघको सदस्यहरुमा टेकबहादुर खड्का १ हजार २ सय ९३, टंकप्रसाद शर्मा १ हजार ४ सय ३२, विष्णुप्रसाद श्रेष्ठ १ हजार ३ सय ७६ र विन्दु चर्तिमगरले १ हजार २ सय६६ मत ल्याउदै विजयी भए ।

साझा प्रजातान्त्रिकले ४ सदस्य जित्दा समावेसी प्यानलले ८ सदस्य जित्दै नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिमा बहुमत ल्यायो ।

यस्तै सम्बद्ध सदस्य पदमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले जित हाँसिल गरेकोछ । नेपालगन्ज सुनचाँदी व्यसायी संघका सलाउद्दिन जसगढले १४ मत ल्याउदै विजयी भएका हुन् । उनीका प्रतिद्वन्द्वी नेपालगन्ज टेण्ट व्यवसायी संघका सिद्धान्त जबराले १०, रेडिमेट तथा व्याग व्यवसायीक समितिका बद्रीप्रसाद श्रेष्ठ र होटल व्यवसायी संघ बाँकेका भिमलाल कँडेलले समान १२÷१२ मतमा चित्त बुझाउनुप¥यो । भने सम्बद्ध सदस्य पदका लागि भएको मतदानमा एक मतपत्र हराएको पाइएकोछ ।

एशोसियट सदस्य पदमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले विजय हात पारेकोछ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका संजय कुमार अग्रवाल ६२ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिद्वन्द्वी दिपेन्द्र विष्टले ५४, राजेश मास्केले ४९ र सुवास विक्रम जिसीले ३७ मत पाए ।

आईतबार भएको मतगणनालाई हेर्दा संघको सदस्य पदका उम्मेदवारहरु अजयकुमार टण्डनलले १ हजार ६० मत प्राप्त गरे । गएको निर्वाचनमा उनले ८ सय ७७ मत पाएका थिए । यस्तै अन्य सदस्य पदका उम्मेदवारहरुले क्रमश अब्दुल वाहिद अन्सारी १ हजार १ सय २३, जहागीर मुसलमानले १ हजार २ सय ४८, तेजनारायण कँडेलले १ हजार १ सय ५२, दिपेन्द्रराज श्रेष्ठले १ हजार १ सय २९, बदरुद्दिन अंसारीले ८ सय ८८, मख्खनबहादुर धामीले १ हजार ९३, राजेश कुमार बैश्यले १ हजार ६१, सन्तोषकुमार बैश्यले ९ सय ५७, सुनिलकुमार बानियाले ९ सय ४३, सुनिल सिंघलले ९ सय ६८, सुरेन्द्र सिंह सरदारले १ हजार ५१ र रमेशचन्द्र कुमालले ४ सय १४ मत प्राप्त गरे ।

यसपटकको निर्वाचनमा सवैभन्दा कम मत साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका सदस्य पदका उम्मेदवार रमेशचन्द्र कुमालले प्राप्त गरेका हुन् । उनले ४ सय १४ मत प्राप्त गरे भने सवैभन्दा बढि समावेसी प्यानलका हरिलाल न्यौपानेले १ हजार ५ सय ४८ मत पाए । यो मत समावेसी प्यानलबाट अध्यक्ष पदमा विजयी भएका चुन्नाको भन्दा ३८ मत बढी हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२, कोरियनपुर स्थित भेरी प्राविधिक शिक्षालयको हलमा अबेर राती सम्म भएको मतगणाको अन्तिम परिणाम सुन्न ठूलो मात्रामा उद्योगी, व्यापारि, शुभेच्छुकहरुको भीड लागेको थियो ।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको अन्तिम परिणाम पश्चात नवनिर्वाचित अध्यक्ष समावेसी प्यानलका अब्दुलवाहिद मन्सुरी चुन्नाले सवैलाई धन्यबाद दिदैं सवै पक्षलाई मिलाएर अघि बढ्ने बताए ।

नयाँ नेतृत्वको साथ र सहयोगबाट संघ अघि बढ्छ, मतदाताले दिएको मत कदर गर्छु चुन्नाले भने । निर्वाचनको अन्तिम परिणाम पाएसगैं चुन्ना सर्मथकले भेरी प्राविधिक प्राङ्गणमै बाजागाजा सहित बधाई तथा खुसी साटासाट गरेका थिए ।

यसैबीच समावेसी प्यानलले आज विजय जुलुस निकाल्ने भएकोछ । मध्यरात र चिसोकोे समय भएकाले विजयजुलुश निकाल्न नहुने भन्दै आज सोमबार दिउँसो १२ बजे न्यूरोडमा रहेको समावेसी प्यानलको सचिवालयबाट विजय जुलुस निकाल्ने समावेसी प्यानलका संयोजक ईश्वर पोखरेलले जानकारी दिए ।