भारतीय कुखुरासहित दुई पक्राउ


भारतीय कुखुरासहित दुई पक्राउ

नेपालगन्ज : भारतीय कुखुरासहित दुईजनालाई बाँके प्रहरीले पक्राउ गरेकोछ । मङ्गलबार बिहान परसपुर नाकाबाट मोटरसाइकलमा राखेर कुखुरा ल्याउँदै गरेका दुईजनालाई प्रहरीले कुखुरासहित पक्राउ गरेको हो ।

अवैधरुपमा भारतबाट कुखुरा बोकेर नेपालगन्ज प्रवेश गरेका साईगाउँका कासिम कवाडिया र रहिस कवाडियालाई प्रहरीले मोटरसाइकल र कुखुरासहित पक्राउ परेका हुन् ।

तीनवटा मोटरसाइकलमा कुखुरा ल्याइरहेकोमा एकजना मोटरसाइकल र कुखुरा छोडेर भागेका छन् ।

बाँके प्रहरी प्रवक्ता शिव सिंहका अनुसार, तीनवटा मोटरसाइकलमा दुई सय १२ वटा ब्रोइलर कुखुरा राखेर ल्याउँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरीले समातिएका दुईजना, तीनवटा मोटरसाइकल र कुखुरालाई क्वारेन्टाइन कार्यालयलाई बुझाएको छ । सरकारले भारतबाट पंक्षि तथा पंक्षिजन्य पदार्थ ल्याउन पूर्णरुपमा रोक लगाएको छ । तर, भारतबाट अवैध रुपमा कुखुरा, मासु, अण्डा भित्रिने गरेको छ ।