दाङ: दाङमा कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका वडा नम्बर–११, कटाहा निवासी ५१ वर्षीय नीमबहादुर पाण्डे रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानाएको छ ।
दाङ देउखुरी जिल्ला अदालतले २०५१ जेष्ठ १८ गते उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद फैसला गरेको थियो । अदालतले दोषी ठहर गर्दै कैद सजाय फैसला गरेदेखि उनी फरार रहँदै आएका थिए ।
लुकीछिपी बसेको अवस्थामा मङ्गलबार बिहान तुलसीपुर बजार क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो । कैद भुक्तानका लागि उनलाई अदालत उपस्थित गराइने प्रहरीले बताएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?