नेविसंघको अध्यक्षमा राजीव ढुंगाना


नेविसंघको अध्यक्षमा राजीव ढुंगाना

नेपालगन्ज: नेपाल विद्यार्थी संघको केन्द्रिय तर्दथ कार्यसमिति गठन गरिएकोछ । नेपाली काँग्रेसको भ्रातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा राजीव ढुंगानालाई नियुक्त गरिएको छ । ढुंगाना सुनसरीका हुन् ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुन १ गतेको बैठकको निर्णयअनुसार, नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली काँग्रेसको भ्रातृ संस्था ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ को गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा गरिएको हो ।

नेपाली काँग्रेसका मुख्यसचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्ती अनुसार महामन्त्रीमा काठमाण्डौंका मनोज वैद्य र अर्को महामन्त्रीमा पाल्पाकी महेश्वरी कुँवरलाई नियुक्त गरिएको छ । यस्तै यो तदर्थ कार्यसमितिले ६ महिनाभित्र १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्नेसमेत निर्णय गरेको विज्ञप्तीमा उल्लेखछ ।

यसैगरी तदर्थ समितिमा पदाधिकारी भएका व्यक्तिले आगामी अधिवेशनमा उमेदवार हुन नपाउने प्रावधान गरिएको छ । त्यसैगरी आगामी केन्द्रीय अधिवेशनमा यस अघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउनेछन् ।

नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन भने यथाशिघ्र गरिने विज्ञप्तीमा उल्लेखछ ।