विप्लव नेता शाही पुनः पक्राउ


विप्लव नेता शाही पुनः पक्राउ

नेपालगन्ज: प्रतिवन्धित विप्लव माओबादीको कार्यकर्ता भन्दै कृष्ण बहादुर शाहीलाई बाँके प्रहरीले पुनःपक्राउ गरेकोछ ।

बाँकेको बैजनाथ गाँउपालिका वडा नम्बर १, चिसापानीबाट शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विप्लव माओबादीको सक्रिय कार्यकर्ता रहेको र चन्दा आतंक मच्चाउन सहयोग गरेको भन्दै प्रहरीले शाहीलाई पक्राउ गरेको बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहले बताए ।

प्रवक्ता सिहंका अनुसार सादा पोशाकमा रहेका प्रहरीले शाहीलाई नियन्त्रणमा लिई अभद्र व्यवहारमा कारबाही प्रक्रिया अघि बढाएको छ । यद्यपी शाहीले आफू अहिले पार्टीमा निस्क्रिय रहेको बताएकाछन् ।

शाही यसअघि पनि पक्राउ परेका थिए । बाँकेबाट पक्राउ गरेर बर्दिया हुदै कैलाली पु¥याइएका उनी कैलालीबाट दश हजार धरौटीमा गत साउन २९ गते छुटेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि मङ्गलबार दिउँसो ३ बजे बर्दिया प्रहरीले विप्लब समूहका बर्दिया मधुवन नगरपालिका–८, दुर्गापुर वस्ने बर्ष ६६ को विप्लव समूहको जनप्रतिनिधी परिषद् बर्दियाका जिल्ला अध्यक्ष जयबहादुर ठाडा मगर र बढैयाताल गाँउपालिका वडा नम्बर ४, दक्षिण भकारी बस्ने वर्ष ५०का जिल्ला सदस्य रोहितकुमार सुनारलाई पक्राउ गरेको थियो ।

उनीहरुका साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली, भे५प १७९६, भे२प ३०३१ नम्बरको दुई थान मोटरसाईकल तथा लेटरप्याड लगायतको सामाग्री प्रहरीले बरामद गरेको थियो ।

सोक्रममा बर्दियाको मधुवन नगरपालिका–४ मौवा स्थित नहरछेउ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा आफैले बोकेको हतियार पड्किएर प्रहरी जवान गंगाराम चौधरी घाइते भएको थिए ।

पछिल्लो समय बाँके बर्दियामा प्रतिबन्धित विप्लव समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै आएकोछ । विप्लव समूहको अपराधिक गतिविधि बढ्दै गएपछि बाँके बर्दियामा प्रहरीले उच्च सर्तकता अपनाउदै आएकोहो ।