सर्बेक्षक नगदसहित पक्राउ


सर्बेक्षक नगदसहित पक्राउ

नेपालगन्ज : बाँकेको नेपालगन्जस्थित नापी कार्यालयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगन्जले छापा मारेको छ ।

बिशेष सुरकाकीको आधारमा अख्तियारको टोलीले नापीमा छापा मार्दा नापी सर्बेक्षक (नायबसुब्बा) यामबहादुर खत्री र लेखापढी व्यवसायी भनिने प्रताप केसीलाई रंगेहात पक्राउ गरेको छ । उनीहरूले सेवाग्राहीबाट ३५ हजार नगद घुस लिइरहेको अबस्थामा अख्तियारले पक्राउ गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

पक्राउ परेका दुबै जनामाथि प्रारम्भिक अनुसन्धान भइरहेको र उनीहरूलाई अख्तियारकै निगरानीमा राखिएको अख्तियार नेपालगन्जले बताएको छ ।