नेपालगन्ज : बाँकेको नेपालगन्जस्थित नापी कार्यालयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगन्जले छापा मारेको छ ।
बिशेष सुरकाकीको आधारमा अख्तियारको टोलीले नापीमा छापा मार्दा नापी सर्बेक्षक (नायबसुब्बा) यामबहादुर खत्री र लेखापढी व्यवसायी भनिने प्रताप केसीलाई रंगेहात पक्राउ गरेको छ । उनीहरूले सेवाग्राहीबाट ३५ हजार नगद घुस लिइरहेको अबस्थामा अख्तियारले पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनामाथि प्रारम्भिक अनुसन्धान भइरहेको र उनीहरूलाई अख्तियारकै निगरानीमा राखिएको अख्तियार नेपालगन्जले बताएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?