चुलियो युनियनमा चुनावी सरगर्मी


चुलियो युनियनमा चुनावी सरगर्मी

नेपालगन्जः नेपाल प्रेस युनियन बाँकेको ११ औं जिल्ला अधिवेशन आगामी माघ २९ गते हुदैँछ । अधिवेशन हुन ४ दिन बाँकी हुँदा बाँकेको नेपालगन्जमा युनियन चुनावी सरगर्मी बढेकोछ ।

युनियन अबाद्ध सञ्चारकर्मीहरु यतिबेला साथीभाई भेटघाट तथा घरदैलो अभियानमा जुटेकाछन् । युनियनको केन्द्रिय कार्यसमितले नेपालगन्जमै केन्द्रिय महाधिबेशन तोकेपछि हतासिएको बाँके युनियनले यही माघ २९ गते जिल्ला अधिबेशन गर्ने भएको हो ।

अधिबेशनका लागि आन्तरिक तयारी भईरहेको प्रेस युनियन बाँकेका सचिव अर्जुन ओली बताँउछन् । उनका अनुसार शनिबारसम्म निर्वाचनका लागि औपचारिक रुपमा कुनै पनि ब्यक्तिले उम्मेदवारी घोषणा गरेका छैनन् ।

अधिशेशन आउन ४ दिन बाँकी हुदाँ बाँकेको युनियन भित्र अध्यक्षपदका लागि नविन गिरी, अर्जुन ओली, चेतकान्त भट्टराई र कमल खत्रीको चर्चा चुलिएको छ । त्यसैगरी अध्यक्षपछिको शक्तिशाली सचिव पदमा पाँच जनाको चर्चा छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

जसमा युनियन कार्यसमितिकै सदस्य विजय मल्ल, प्रियास्मृति ढकाल, निर्मल आचार्य, भिष्म लोध र समीरमान श्रेष्ठको नाम चर्चामा छ । प्रत्यासीका रुपमा चर्चामा रहेका मध्ये शनिबारसम्म विजय मल्ल र समीरमान श्रेष्ठले आफ्नो फेसबुक वालमार्फत उम्मेदवारी घोषणा गरेका छन् । तर, अन्य तीन जना प्रत्यासीहरु आन्तरिक तयारीमै रहेको बुझिएको छ । अन्य पदका लागि भने खासै चर्चा चुलिएको छैन ।

बाँकेको जिल्ला अधिवेशनका लागि केन्द्रिय समितिले केन्द्रिय सदस्य माधव धिताललाई प्रतिनिधीका रुपमा खटाईसकेको छ, भने केन्द्रीय उपमहासचिव प्रेम केसी र केन्द्रिय सदस्य जयसिंह केसी जिल्लामै छन् ।

बाँके युनियन शाखाको २९ गते हुने अधिवेशनका लागि केन्द्रिय अध्यक्ष बद्रि सिग्देल २९ गते विहान नेपालगन्ज आईपुग्ने कार्यक्रम रहेको छ । भने पूर्व अध्यक्ष समीरजंग शाह लगायतका केन्द्रिय पदाधिकारीहरु सोमबार देखी नेपालगन्ज आउने क्रम जारी रहने यूनियनले बताएको छ ।
जिल्ला अधिवेशन सर्वसम्मत रुपमा गठन गरिनुपर्ने यूनियन आबद्ध पत्रकारहरुको माग रहदै आएको छ ।

१५ सदस्यीय कार्यसमिति रहने युनियनको तीन वर्षे कार्यकालका लागि अधिवेशन हुदैछ । यसअघि हुने भनिएको अधिवेशन विविध कारणबस हुन नसकेको युनियन बताँउछ ।