नेपालगन्ज: लागुऔषध व्राउन सुगरसहित एकजनालाई प्रहरले नियन्त्रणमा लिएकोछ ।
टिकापुर नगरपालिका १, निवासी २० वर्षिय शिवराज पुरीलाई ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
सीमावर्ती बजार रुपैडिहाबाट १८ ग्राम ब्राउनसुगर लिएर नेपालगन्ज आउदै गरेका पुरीलाई ईलाका प्रहरी कार्यालय जमुनाहले नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक माधव रिजालले जानकारी दिए ।
रिजालका अनुसार शनिबार बेलुका उनलाई जमुनाहबाट पक्राउ गरिएको हो ।