नेपालगन्ज:बेपत्ता भएको भनिएिका व्यवसायी शिव शर्माको खोजीका लागि सेना परिचालन गरिएकोछ । बाँकेको राप्तीसोनारी गाउँपालिका–१, अगैयामा पिकनिक खान गएका शर्मा वेपत्ता भएका हुन् ।
पिकनिकमा खाना खाईसकेपछि राप्ती नदिमा नुहाउने क्रममा उनी बेपत्ता भएको बुझिएकोछ । अगैया बजारको नजिकै रहेको रहेको झोलुङ्गे पुल तल शनिबार बैंकका कर्मचारी र स्थानीय व्यवसायीहरुको समुह पिकनिक खान गएको थियो ।
कोहलपुर–१४, चप्परगौडीका शर्मा बेपत्ता भएपछि प्रहरी र स्थानीयबासीको सहयोगमा उनको दिनभरी खोजी गरिएको थियो । खोजतलासबाट नभेटिएपछि शनिबार अपरान्ह नेपाली सेनाको टोली शर्माको खोजीका लागि घटना स्थल पुगेको हो ।
दिउँसो २ बजेदेखि बेपत्ता भएका शर्मा यो समाचार तयारपार्दासम्म भेटिएका छैनन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले पिकनिक खान गएको समुहका एक सदस्य हराएको भन्ने खबर आएको पुष्टी गरे ।
‘एकजना हराएको भन्ने खबर पाएलगत्तै खोजीका लागि सबै सुरक्षा निकायहरु परिचालन भएका छन्’ उनले भने, ‘नदीमा डुवेका हुन् की कतै गएका हुन अझै पत्तो लागेको छैन ।