बाघको छालासहित ३ पक्राउ


बाघको छालासहित ३ पक्राउ

नेपालगन्ज: प्रहरीले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले तलुसीपुर उपमहानगरपालिका–५ स्थित बासपार्कबाट बाघको छालासहित तीन जना युवाहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा सल्यानको बनगाड किपण्डे नगरपालिका–२ का ३७ वर्षीय यमबहादुर राना,त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय रामजा बुढामगर र शारदा नगरपालिका–१ का २६ वर्षीय रमित सुनार रहेका छन् ।

वन्यजन्तुको आखेटोपहार ओसारपसार तथा खरिद विक्री गर्न लागेको विशेष सूचना पाएपछि ब्यूरोले उनीहरुलाई मंगलबार तलुसीपुर बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ विरद्धको अपराध मुद्दा दायर गरिएको ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

ब्यूरोले उनीहरुलाई बाघको छालासिहत डिभिजन वन कार्यालय दाङमा बुझाएको छ ।