युनियनको अध्यक्षमा ओली, सचिवमा मल्ल


युनियनको अध्यक्षमा ओली, सचिवमा मल्ल

नेपालगन्ज: नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा अर्जुन ओली र सचिवमा विजय मल्ल निर्वाचित भएका छन् । शुक्रबार बेलुका भएको मतदानबाट अध्यक्षमा ओली र सचिवमा मल्ल निर्वाचित भएको निर्वाचन संयोजक प्रभाकर भट्टराईले जानकारी दिए ।

तीन दिनदेखि लगातार नेतृत्वको लागि भएको सहमति प्रयास असफल भएपछि अन्ततः चुनावी प्रक्रिया शुरु भएको थियो । अध्यक्ष पदका लागि नवीन गिरी, अर्जुन ओली र चेतकान्त भट्टराई तथा सचिव पदमा प्रीया स्मृति ढकाल र विजय मल्लले उम्मेद्ववारी दिएका थिए ।

अन्य पदाधिकारी र सदस्य पदमा भने यसअघि नै निर्बिरोध निर्वाचित भइ सकेका थिए । उपाध्यक्ष (खुल्ला) मा समीरमान श्रेष्ठ, उपाध्यक्ष (समावेशी र महिला) मा बिनयराज त्रिपाठी, सहसचिव (समावेशी महिला) मा लक्ष्मी चौधरी, कोषाध्यक्षमा मधु पौडेल निर्बिरोध निर्वाचित भएका थिए ।

त्यसैगरी सदस्य (खुल्ला) मा रबिन्द्र घिमिरे, रामबहादुर रावत र कमल केसी, सदस्य (महिला) मा संगीता पाठक (सन्ध्या शर्मा), लक्ष्मी गौडेल, सदस्य (जनजाति) मा दीपक कुमार राई र गणेश बहादुर राई, सदस्य (पिछडिएको) मा नरेन्द्र सिंह र सदस्य (मधेसी) मा नन्दलाल साहु निर्विरोध निर्वाचित भएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

जम्मा २ सय ६ मतदाता रहेको बाँके प्रेस युनियनको निर्वाचनमा १ सय ५८ मत खसेकोमा अध्यक्ष पदका उम्मेदवार अर्जुन वलीलाई ७७, चेतकान्त भट्टराईलाई ४० र नवीन गिरिलाई ३८ मत परेको थियो ।

त्यसैगरी सचिव पदका उम्मेदवार विजय मल्ललाई ८८ र प्रीया स्मृति ढकाललाई ६४ मत परेको निर्वाचन संयोजक प्रभाकर भट्टराईले बताए ।