सेक्युरिटी प्रेस कमिसन प्रकरणः बास्कोटालाई हटाउन नेकपाभित्रै माग


सेक्युरिटी प्रेस कमिसन प्रकरणः बास्कोटालाई हटाउन नेकपाभित्रै माग

नेपालगन्ज: सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा कमिसनका लागि गरिएको वार्ताको अडियो टेप सार्वजनिक भएपछि यतिबेला देश तरङ्गीत बनेकोछ ।

सेक्युरिटी प्रेस खरिदका लागि सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले ७० करोड घूस मागेको अडियो बुधबार बेलुका सार्वजनिक भएको हो ।

अडियो टेप सार्वजनिक भएसगैं मन्त्री बास्कोटाको कडा आलोचना भइरहेकोछ । भने सरकारको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मन्त्री बास्कोटालाई बर्खास्त गरि अनुसन्धान गर्न माग गरेकोछ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बास्कोटालाई बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन सार्वजनिक रुपमा आग्रह गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच मन्त्री बास्कोटाले ७० करोड कमिसन मागेको समाचार बाहिरिएपछि नेकपा तरङ्गित बनेकोछ । कमिसन मागेको अडियो सार्वजनिक भएपछि यतिबेला नेकपामा ठुलो हलचल मच्चिएकोछ । भने पार्टीभित्रै पनि मन्त्रीबाट हटाउन माग उठिरहेको छ । 

यद्यपी यो विषयको टुङ्गो लाग्ने नलाग्ने त्यो भने छलफलको विषय बनेको बुझिएकोछ । यतिवेला मन्त्री बास्कोटा सुदूरपश्चिम यात्रामा रहेकाछन् ।

मन्त्री बास्कोटाको विषयलाई लिएर नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । दुई अध्यक्षबीच नियमित भेटघाट, संवाद भएको बताइए पनि गोकुल बास्कोटा प्रकरणबारे कुरा भइरहेको बुझिएकोछ ।

बुधबार मात्रै बाँकेको कोहलपुर आएका मन्त्री बास्कोटाले गोरखापत्र दैनिकको पश्चिमक्षेत्र कोहलपुर संस्करणको शुभारम्भ गर्दै ‘नेपाली मिडियालाई एकोहोरो सरकारको गुणगान मात्र न गर्नुहोस्, राम्रा र नराम्र दुबै पक्षलाई केलाई जनता समक्ष पुराउनु होस्’, भनेका थिए ।

उनले यस्तो अभिव्यक्ति दिइरहकै दिन बेलुका सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा ७० करोड घुस मागेको अडियो टेप सार्वजनिक भएको हो । स्वीस कम्पनीका नेपाल प्रतिनिधि विजय प्रकाश मिश्रसँगको कुराकानीमा मन्त्री बाँस्कोटाले ७० करोड घूस मागेका छन् । प्राप्त उक्त अडियोमा मन्त्री बाँस्कोटाले ७० करोड चाहिने बताएका छन् भने कर्मचारीलाई पनि यो विषयमा जानकारी नगराउन भनेका छन् ।

प्रेस खरिदका लागि २३ अर्बको लागत अनुमान तयार गरेको सरकारले २०७३ साल साउनमा सेक्युरिटी प्रेस खरिद गर्ने निर्णय गरेको थियो । जसमध्ये जर्मनीको कम्पनीले २३ अर्ब ७० करोडको प्रस्ताव गरेको थियो भने फ्रान्स सरकारले २३ अर्ब ९ करोडमा स्थापना गर्ने प्रस्ताव गरेको थियो ।

सरकारले ती सबै प्रक्रिया रद्ध गरेर नेपालकै यती ग्रुप एजेन्ट रहेको फ्रान्सको कम्पनीसँग प्रेस खरिदको प्रक्रिया अघि बढाएपछि संसदीय समितिले चासोका साथ हेरेको थियो ।

समितिमा केही महिनाअघि उपस्थित स्वीस कम्पनीका तत्कालीन प्रतिनिधि प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले सरकारले ल्याउन लागेको प्रेस ११ अर्बमा ल्याइदिन सक्ने बताउँदै आफूसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिशन मागेको र दिन नसकेको हुँदा प्रक्रियामै सहभागी नगराइएको बताएका थिए ।