‘जसले गल्ती गर्छ, त्यही जान्छ’: मन्त्री बास्कोटा


‘जसले गल्ती गर्छ, त्यही जान्छ’: मन्त्री बास्कोटा

नेपालगन्ज: सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड कमिसन मागेको समाचार बाहिरिएपछि सञ्चार तथा सूचना मन्त्री गोकुल बास्कोटाले मुख खोलेका छन् ।

कञ्चनपुरको पुर्नवासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा आफूमाथि लागेको आरोप पुष्टि भए व्यर्होने बताए । बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुख खोल्दै यस्तो बताएका हुन् । उनले आरोपहरुको पुष्टि हुन नसक्ने दावी समेत गरेका छन् ।

‘यसको पुष्टि हुनुपर्यो, प्रमाण हुनुपर्यो । आरोपहरु अनेका लाग्न सक्छन् । यो राजनीतिक रंग दिएर प्रपोगाण्डा मच्चाउन लागिएको मन्त्री बास्कोटाले दावी समेत गरे ।

‘जसले गल्ती गर्छ, त्यही जान्छ’ मन्त्री बाँस्कोटाले भने, ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला ।’ सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा कमिसनका लागि गरिएको वार्ताको अडियो टेपमा मन्त्री बास्कोटाले अश्लिल शब्द प्रयोग गरेकाछन् । सार्वजनिक अडियो टेपले यतिबेला देश तरङ्गीत बनेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्री बास्कोटाले आफ्नो बचाउ गर्दै भने ‘कुन निकायबाट मैले शुद्धताको प्रमाणपत्र लिनुपर्यो कुरा त्यही हो ।’ उनले नेकपाको खास चरित्र भ्रष्टाचारविरुद्ध भएको भन्दै पार्टीले यसलाई अस्वीकार नै गर्दै आएको दावी पनि गरे ।

बुधबार मात्रै बाँकेको कोहलपुर आएका मन्त्री बास्कोटाले गोरखापत्र दैनिकको पश्चिमक्षेत्र कोहलपुर संस्करणको शुभारम्भ गर्दै ‘नेपाली मिडियालाई एकोहोरो सरकारको गुणगान मात्र न गर्नुहोस्, राम्रा र नराम्र दुबै पक्षलाई केलाई जनता समक्ष पुराउनु होस्’, भनेका थिए ।

उनले यस्तो अभिव्यक्ति दिइरहकै दिन बेलुका सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा ७० करोड घुस मागेको अडियो टेप सार्वजनिक भएको हो ।