बास्कोटालाई बर्खास्त गर्नुपर्ने भन्दै काँग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध


बास्कोटालाई बर्खास्त गर्नुपर्ने भन्दै काँग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध

File Photo

नेपालगन्ज: सेक्युरिटी प्रेस खरिदका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड घूस मागेको अडियो बुधबार बेलुका सार्वजनिक भएसगैं नेपाली काँग्रेस कडारुपमा उत्रिएकोछ ।

मन्त्री गोकुल बास्कोटालाईं बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिहीबारको राष्ट्रियसभा बैठक समेत अवरुद्ध गरेको छ ।
काँग्रेस सांसद जितेन्द्रनारायण देवले निष्पक्ष छानबिनको प्रक्रिया अघि नबढ्दासम्म र घटनाबारे प्रधानमन्त्रीले जवाफ नदिएसमम संसद चल्न नसक्ने बताए ।

७० देखि ७५ करोड कमिसन आउने र कमिसनको ७० प्रतिशत सञ्चारमन्त्रीले लिने अडियो वार्ता बाहिर आएको भन्दै उनले सरकारको प्रवक्तासमेत रहेका र प्रधानमन्त्री केपी ओली निकटस्थसमेत रहेका मन्त्रीले सीधै कमिसनको कुरा गर्नु आपत्तिजनक भएको भन्दै भत्र्सना गरे ।

उनले अविलम्ब सञ्चार मन्त्रीलाई बर्खास्त गर्नुपर्ने, घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउनुपर्ने र अडियोनै बाहिर आएपछि सो बारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग गरे ।

Kids Festival 2022
kanti aarogya hospital

बुधबार मात्रै बाँकेको कोहलपुर आएका मन्त्री बास्कोटाले गोरखापत्र दैनिकको पश्चिमक्षेत्र कोहलपुर संस्करणको शुभारम्भ गर्दै ‘नेपाली मिडियालाई एकोहोरो सरकारको गुणगान मात्र न गर्नुहोस्, राम्रा र नराम्र दुबै पक्षलाई केलाई जनता समक्ष पुराउनु होस्’, भनेका थिए ।

उनले यस्तो अभिव्यक्ति दिइरहकै दिन बेलुका सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा ७० करोड घुस मागेको अडियो टेप सार्वजनिक भएको हो ।