प्रधानमन्त्रीका विश्वासपात्र बास्कोटाको १९ महिनामै पद गुम्यो


प्रधानमन्त्रीका विश्वासपात्र बास्कोटाको १९ महिनामै पद गुम्यो

नेपालगन्जः सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट गोकुल बास्कोटाले राजीनामा दिएकाछन् ।

लगतै सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उनले भने –‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र बास्कोटा मन्त्री भएको १९ महिनापछि सिंहदरबारट बाहिरिएकाछन् । २०७४ चैत २ गते केपी ओली नेतृत्वको सरकारमा राज्यमन्त्रीबाट इन्ट्री गरेका बास्कोटा त्यसको १४ महिनापछि मन्त्रीमा बढुवा भएका थिए । प्रधानमन्त्रीको मुख्य सहयोगी भएकै कारण उनी मन्त्रीमा बढुवा हुदाँ चर्चा चुलिएको थियो ।

आफ्नो अभिव्यक्तिका कारण बेलाबेला चर्चा र विवादमा समेत आउने गरेका बासकोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड बढी कमिसन मागेको अडियो बाहिरिएपछि थप विवादमा तानिनुका साथै नेकपा तरङ्गित बनेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

सो अडियोपछि चौतर्फी आलोचित बनेका मन्त्री बास्कोटाले अन्ततः मन्त्री पदबाट राजीनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकाछन् । प्रधनमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा पत्र बुझाएका हुन् । प्रधानमन्त्रीको निर्देशनपछि उनले राजीनामा दिएको बुझिएको छ ।

प्रधानमन्त्रीका विश्वासपात्र मानिने बास्कोटालाई पछिल्लो समय प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिएका थिए । प्रधानमन्त्रीले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि रिक्त रहेको स्थानमा बास्कोटालाई जिम्मेवारी दिएका थिए ।

मन्त्री गोकुल बास्कोटालाईं बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिहीबारको राष्ट्रियसभा बैठक अवरुद्ध ग¥यो । सञ्चार मन्त्रीलाई बर्खास्त गर्नुपर्ने, घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउनुपर्ने र अडियोनै बाहिर आएपछि सो बारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग राख्दै काँग्रेसले बैठक अबरुद्ध गरेको थियो ।

अबरुद्ध भएको राष्ट्रियसभाको बैठक फाल्गुन १५ गते बिहीबार १ बजे बस्नेछ । बुधबार मात्रै बाँकेको कोहलपुर आएका मन्त्री बास्कोटाले गोरखापत्र दैनिकको पश्चिमक्षेत्र कोहलपुर संस्करणको शुभारम्भ गर्दै ‘नेपाली मिडियालाई एकोहोरो सरकारको गुणगान मात्र न गर्नुहोस्, राम्रा र नराम्र दुबै पक्षलाई केलाई जनता समक्ष पुराउनु होस्’, भनेका थिए ।

उनले यस्तो अभिव्यक्ति दिइरहकै दिन बेलुका सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा ७० करोड घुस मागेको अडियो टेप सार्वजनिक भएको हो ।