युनियन महाधिबेशनको तयारी तिव्र


युनियन महाधिबेशनको तयारी तिव्र

नेपालगन्ज : नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिबेशनको तयारी तीव्र पारिएको छ । युनियनको महाधिबेशन आगामी चैत २१ र २२ गते नेपालगन्जमा हुँदैछ ।

युनियनका उप–महासचिव एवम् महाधिबेशन व्यवस्थापन स्थानीय समितिका संयोजक प्रेम केसीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

उक्त बैठकले यसअघि महाधिवेशनका लागि गठित उप–समितिलाई पूर्णता दिँदै आफ्नो योजना, कार्यक्रम तथा बजेटसहित पाँच दिनभित्र प्रस्ताव सचिवालयमा पेश गर्ने निर्णय गरेको छ ।

यस्तै महाधिवेशन भव्यतापूर्वक सफल पार्न युनियनका सम्पूर्ण शाखालाई यथाशक्य आवश्यक सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै संयोजक केसीले महाधिवेशनका लागि विभिन्न क्षेत्र, निकाय तथा सरोकारवालासँग छलफल तथा भेटघाट जारी राखिएको जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

बैठकमा उपस्थित उप–समिति संयोजक एवम् महाधिवेशन व्यवस्थापन स्थानीय समितिका सदस्यहरूले महाधिवेशनलाई सभ्य र भब्य बनाउन कुनै कसर बाँकी नराख्ने र आफूले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।