‘कोइराला परिवारकै हुनुपर्छ भन्ने होईन, जो पनि सभापतिको उम्मेदवार हुन्छ’: शेखर


‘कोइराला परिवारकै हुनुपर्छ भन्ने होईन, जो पनि सभापतिको उम्मेदवार हुन्छ’: शेखर

नेपालगन्ज: नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीको आसन्न महाधिवेशनमा आफु नेतृत्वमा आउने संकेत गरेकाछन् । शनिबार नेपालगन्ज आएका नेता कोइरालाले आफू नेतृत्वमा आउने संकेत गरेका हुन् । दिनभर कार्यक्रममा व्यस्त कोइरालाले आफू सहभागि कार्यक्रममा काँग्रेसको नेतृत्वमा आउने संकेत गरे ।

नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पार्टीको आसन्न महाधिवेशनमा तपाई कोइराला परिवारको तर्फबाट सभापतिको उम्मेदवार हुने चर्चा छ नि ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘कोइराला परिवारकै हुनुपर्छ भन्ने होईन, जो पनि सभापतिको उम्मेदवार हुन्छ ।’ आफु सिंगो नेपाली काँग्रेसकै गुटको ब्यक्ति भएको उनले जिकिर गरे । आफु कुनैपनि गुटमा नरहेको नेता कोइरालाको दाबी छ । आफुले नेपाली काँग्रेसका सबै साथीलाई लिएर हिडेको बताए ।

यस्तै नेपाली काँग्रेस बाँकेले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टीलाई उचाइँमा पुर्याउन नैतिकताको खाँचो परिरहेको छ । नैतिकताको त्यो लडाईका लागि म तपाईहरुको साथमा छु, नेपाली काँग्रेसलाई हामी पुरानो अवस्थामा फर्काउन सक्छौं, जबसम्म नैतिकतालाई माथी लैजान सक्दैनौं, तबसम्म नेपाली काँग्रेस कमजोर हुन्छ ।’

पार्टीको आसन्न महाधिवेशनमा आफु नेतृत्वमा आउने संकेत गर्दै कोइरालाले अगाडी भने, ‘म अब तपाईहरुलाई कुनै किसिमको अन्याय हुन दिन्न ।’ राजनीति गर्ने ब्यक्तिमा संस्कार र नैतिकता चाहिने बताउँदै पार्टीमा अहिले नैतिकताको ह्रास भईसकेको बताए । अहिलेसम्म पार्टी नेतृत्वमा आएका ब्यक्तिले आफ्ना कालखण्ड बिताइसकेको भन्दै अब नयाँ अनुहार पार्टी नेतृत्वमा आउनुपर्ने धारणा ब्यक्त गरे ।

Kids Festival 2022
kanti aarogya hospital

काँग्रेस केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री दीपक गिरीले काँग्रेसको आसन्न महाधिवेशनमा सक्षम नेतृत्व ल्याउनुपर्ने उनको भनाई छ । पार्टीलाई बलियो बनाउन सक्षम नेतृत्वको आवश्यकता रहेको भन्दै गिरीले घुमाउरो भाषामा कोइरालालाई सर्मथन गरे ।

अर्का केन्द्रिय सदस्य चन्द्र भण्डारीले काँग्रेस कमजोर हुँदा देश कमजोर हुने बताए । उनले नेपाली काँग्रेसलाई अगाडी बढाउनका लागि अब पार्टीभित्रैबाट ‘नयाँ डाक्टर’ खोज्नुपर्ने भन्दै केन्द्रिय सदस्य भण्डारीले घुमाउरो शैलीमा जोड दिए ।

नेता कोइराला प्रदेश पाँचका बाँके, बर्दिया, दाङ, कपिलबस्तु लगायत जिल्लामा हुने कार्यक्रममा सहभागी हुन नेपालगन्ज आइपुगेका हुन्। उनी अझै केहीदिन प्रदेश पाँचका जिल्लामै रहने उनका स्वकिय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन्।