उद्योग वाणिज्य महासंघको चुनाव: ढकाल र प्रधानबीच प्रतिस्प्रर्धा हुने


उद्योग वाणिज्य महासंघको चुनाव: ढकाल र प्रधानबीच प्रतिस्प्रर्धा हुने

नेपालगन्ज: नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत्र २८ र २९ गते वार्षिक साधण सभा हुदैछ । महासंघको ५४ औं वार्षिक साधारण सभा नजिकिदै जाँदा निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्इ महासंघ यतिवेला चुनावमा होमिएकोछ ।

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यमा निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीमा उठ्ने तयारी गरेका उद्योगी व्यवसायी यतिवेला देश दौडाहा सकाएर आफ्नो प्यानल बनाउन लागि परेका छन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको स्वतः अध्यक्ष हुने व्यवस्था भएपछि वरिष्ठ उपाध्यक्षमा तीव्र प्रतिस्पर्धा हुनेछ । महासंघको आगामी अध्यक्ष शेखर गोल्छा हुन् । उनी यसअघि वरिष्ठ उपाध्यक्षमै चुनाव लडेर जितेका थिए ।

वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिँदै छन् । केही दिनअघि विराटनगरबाट प्रधानले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसके भने ढकालले आगामी बुधबार काठमाडौंबाट उम्मेदवारी घोषणा गर्दै छन् ।

Kids Festival 2022
kanti aarogya hospital

प्रधानले यसअघिको निर्वाचनमा पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । उनलाई शेखर गोल्छाले पराजित गरेका थिए । ढकाल वर्तमान कार्यसमितिमा एसोसिएटतर्फबाट निर्विरोध चयन भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघमा ढकाल र प्रधानको यात्रा लामै छ । कार्यसमिति सदस्य हुँदै दुवैजना उपाध्यक्षमा पुगेका हुन् । वर्तमान कार्यसमितिमा ढकाल सर्वसम्मत उपाध्यक्ष भएका हुन् भने प्रधान महासंघको उप–निर्वाचनबाट निर्वाचित भएका हुन् ।

महासंघको पछिल्लो निर्वाचनमा शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित प्रधानलाई जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा विजयी प्रमोद श्रेष्ठ स्थानीय तहको उम्मेदवार बनेपछि महासंघले उनलाई हटाएको थियो ।

उक्त पदमा उपनिर्वाचन गर्दा प्रधान विजयी भएका हुन् । ढकाल भने एसोसिएटतर्फबाट सर्वसम्मत उपाध्यक्ष छानिएका हुन् ।