जीप ब्याक गर्दा कर्णालीमा खस्यो


जीप ब्याक गर्दा कर्णालीमा खस्यो

नेपालगन्ज: कर्णाली नदीमा जीप खस्दा एकजनाको मृत्यु भएकोछ । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिकाका–१ जिते बजारस्थित कर्णाली नदीमा मंगलबार बिहान जीप खसेको छ ।

दुर्घटनामा जीपका चालक दैलेखको गुराँस गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

रासकोटबाट जितेगडा यात्रु झारेर फर्किने क्रममा लु१ज ४१४१ नम्बरको जीप कर्णाली नदीमा खसेको हो ।

यात्रु झारेर ब्याक गर्दा दुर्घटना भएको जीपमा चालक मात्र रहेको डीएसपी ओलियाले बताए । नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।