नेपालगन्ज: कर्णाली नदीमा जीप खस्दा एकजनाको मृत्यु भएकोछ । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिकाका–१ जिते बजारस्थित कर्णाली नदीमा मंगलबार बिहान जीप खसेको छ ।
दुर्घटनामा जीपका चालक दैलेखको गुराँस गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएकोछ ।
रासकोटबाट जितेगडा यात्रु झारेर फर्किने क्रममा लु१ज ४१४१ नम्बरको जीप कर्णाली नदीमा खसेको हो ।
यात्रु झारेर ब्याक गर्दा दुर्घटना भएको जीपमा चालक मात्र रहेको डीएसपी ओलियाले बताए । नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?