१२ वर्षीया बालिका बलात्कार गर्ने थापा प्रहरीको खोरमा


१२ वर्षीया बालिका बलात्कार गर्ने थापा प्रहरीको खोरमा

कोहलपुरः बालिका बलात्कार आरोपमा फरार ब्यक्तिलाई तीनदिन पछि पक्राउ गरिएकोछ । बाँकेको कोहलपुर वडा नम्बर १२ बस्ने ३० वर्षीय भोजबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

गत शनिबार कोहलपुरस्थित जङ्गलमा बयर खान गएकी १२ वर्षीया बालिकालाई थापाले बलात्कार गरि फरार भएकाथिए । पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले थापाको खोजी गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरीबाट लुक्दैबसीरहेका थापालाई बर्दियाको बाँसगढीबाट तीनदिनपछि नियन्त्रणमा लिइएको कोहलपुर प्रहरी प्रमुख कुलदीप चन्दले बताए । प्रहरी हिरासतमा रहेका थापामाथि प्रहरीले कारबाही प्रक्रिया अघि बढाउदै घटनाबारे अनुसन्धान गरिरहेको कोहलपुर प्रहरी प्रमुख चन्दले बताए ।