कोहलपुरः बालिका बलात्कार आरोपमा फरार ब्यक्तिलाई तीनदिन पछि पक्राउ गरिएकोछ । बाँकेको कोहलपुर वडा नम्बर १२ बस्ने ३० वर्षीय भोजबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
गत शनिबार कोहलपुरस्थित जङ्गलमा बयर खान गएकी १२ वर्षीया बालिकालाई थापाले बलात्कार गरि फरार भएकाथिए । पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले थापाको खोजी गरेको थियो ।
प्रहरीबाट लुक्दैबसीरहेका थापालाई बर्दियाको बाँसगढीबाट तीनदिनपछि नियन्त्रणमा लिइएको कोहलपुर प्रहरी प्रमुख कुलदीप चन्दले बताए । प्रहरी हिरासतमा रहेका थापामाथि प्रहरीले कारबाही प्रक्रिया अघि बढाउदै घटनाबारे अनुसन्धान गरिरहेको कोहलपुर प्रहरी प्रमुख चन्दले बताए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?