घरेलु महासंघको अध्यक्षमा खड्का


घरेलु महासंघको अध्यक्षमा खड्का

नेपालगन्ज: नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको अध्यक्षमा मधु कुमारी खड्का निर्वाचित भएकी छन् ।

नेपालगन्जमा शनिबार सम्पन्न निर्वाचनबाट उनी निर्वाचित भएकी हुन् । निकटम प्रतिद्वन्द्वी समरबहादुर खत्रीलाई दुई मतको अन्तरले हराउँदै खड्का अध्यक्षमा विजयी भएकी थिइन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा भागवत प्रसाद कँडेल, उपाध्यक्षमा अमृतप्रसाद सिग्देल, महासचिवमा गिरीराज भुषाल तथा कोषाध्यक्षमा हुमाशंकर ओली निर्वा्चित भएका छन् ।

यस्तै कार्यसमिति सदस्यमा विकास हरि कोइराला, नन्दाकली खरेल, इन्द्रबहादुर खत्री, दिपकराज भण्डारी, सन्तोषराज पौडेल, जगदिश उप्रेती, अजय चौधरी, ज्योतीलाल भण्डारी, लालबहादुर शाह र लक्ष्मण कँडेल निर्विरोध निर्वा्चित भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै महिला उद्यमी संघ बाँकेको अध्यक्ष सुमित्रा चौधरी सर्वसम्मत निर्वा्चित भइन । संघको बरिष्ठ उपाध्यक्ष दुर्गा अधिकारी, उपाध्यक्ष अम्रा कुमारी हमाल, महासचिव मिना डाँगी, कोषाध्यक्षमा रिता योगी र सदस्यमा लक्ष्मी मल्ल, बिष्णुकुमारी चौधरी, चन्दाकुमारी थापा सर्वसम्मत भए ।