थरुहटको दुईदिने आमहड्ताल


थरुहटको दुईदिने आमहड्ताल

नेपालगन्ज : थरुहट तराई भूगोलका सबै जिल्लामा दुई दिन आमहड्ताल सहित चक्काजाम हुने भएकोछ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले आईतबार नेपालगन्जमा पत्रकार सम्मेलनमार्फत फाल्गुन २० र २१ गते आमहड्ताल र चक्काजाम गर्ने घोषणा गरोको हो ।

मोर्चाका संयोजक लक्ष्मण थारुले आमहड्ताल अघि मोर्चाले १९ गते मसाल जुलुश प्रर्दशन गर्ने बताए । मोर्चाको बाँकेमा बसेको विशेष भेलाले तयार पारेको संघर्षको कार्यक्रमलाई नेपालगन्जमा पत्रकार सम्मेलन गरेर बाहिर ल्याइएको हो ।

आमहड्ताल एवंम चक्काजामका क्रममा सरकारी तथा निजी सवारी साधन, मालबाहक यातायातका सबै साधनहरु, शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना, ब्यापार व्यवसाय पूर्णरुपमा बन्द रहने जनाइएको छ ।

सो क्रममा अत्यावश्यक सवारी साधनहरु दमकल, एम्बुलेन्स, शव वाहन, दुध बोक्ने औषधीजन्य, सुरक्षा निकाय, वैवाहिक, रेडक्रस, मावनअधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु निर्वाध रुपमा सञ्चालन हुने मोर्चाले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

मोर्चाका संयोजक थारुले रेशम चौधरीसहित ११ जना थरुहट राजबन्दीको रिहाई गर्नुपर्ने, टिकापुर घटनाको दुई प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, टिकापुरमा कफ्र्युको समयमा भएका लुटपातको छानबिन गरेर कारबाही गर्नुेपर्ने, एउटै मुद्दामा विजय गच्छदारलाई मुद्दा चलाउने अरुलाई बचाउने कार्यको अन्त्य हुनुपर्ने बताए ।

थारुले सरकारले गलत मनसायले छानीछानी फसाउने काम गरिरहेको आरोप लगाए । मोर्चाका प्रवक्ता मिनराज चौधरीले पूर्वदेखि पश्चिमसम्मको तराईमा थरुहटका दुई वटा प्रदेश हुनुपर्ने बताए । थरुहटले यसअघि नै सरकारलाई यस विषयसहित ४० बुँदे माग दिइसकेकोछ । मोर्चाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने अभियानप्रति तीब्र असन्तुष्टि जनाउदै उक्त अभियानको प्रतिवाद गर्ने जनाएको छ ।