नेपालगन्ज: गएराती नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयको गल्र्स होस्टेलमा आगलागी भएकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित, भेरी प्राविधिक शिक्षालयको गल्र्स होस्टेलको स्टोर रुममा आगलागी भएको हो ।
होस्टेलको स्टोर रुममा राती १२ बजेतिर आगलागी हुँदा ५० हजार बढीको क्षति भएको वडा प्रहरी कार्यालयका ईन्चार्ज हरि वस्नेतले जानकारी दिए ।
आगलागी भएपनि दमकल, प्रहरी र स्थानीयको सक्रियतामा आगो तुरुन्तै निभाईएका कारण होस्टेलका अन्य कोठाहरुमा आगो सल्किन पाएन ।