नेपालगन्ज:सुर्खेतको चिङगाड गाँउपालिका वडा नम्बर ६ पाम्काबाट यात्रु बोकेर सुर्खेतको वीरेन्द्रनगरतर्फ आउदै गरेको जीप भीरबाट तल खसेकोछ ।
सुर्खेत र दैलेखको सीमानामा पर्ने तारापोखरी नजिकैको भिरबाट यात्रु बोकेको जीप खसेको प्रत्यक्षदर्शी चिङगाड गाँउपालिका अध्यक्ष देवबहादुर चन्दले बताए ।
चन्दकाअनुसार गाडी सडकबाट २–३ सय मिटिर तल खसेको छ । सडकबाट गाडी खसेको स्थान देख्न सकिएको छैन् । जीप चालकलाई घाईते अवस्थामा उद्दार गरिएको छ । जीपमा यात्रु खचाखच भएको भए पनि यकीन संख्या थाहा हुन सकेको छैन् ।
यद्यपी घटना स्थलमा स्थानीय र प्रहरीको उद्दार कार्य जारी छ । थप विवरण आउन बाँकी ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?