यात्रु बोकेको जीप भीरबाट खस्यो


यात्रु बोकेको जीप भीरबाट खस्यो

नेपालगन्ज:सुर्खेतको चिङगाड गाँउपालिका वडा नम्बर ६ पाम्काबाट यात्रु बोकेर सुर्खेतको वीरेन्द्रनगरतर्फ आउदै गरेको जीप भीरबाट तल खसेकोछ ।

सुर्खेत र दैलेखको सीमानामा पर्ने तारापोखरी नजिकैको भिरबाट यात्रु बोकेको जीप खसेको प्रत्यक्षदर्शी चिङगाड गाँउपालिका अध्यक्ष देवबहादुर चन्दले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

चन्दकाअनुसार गाडी सडकबाट २–३ सय मिटिर तल खसेको छ । सडकबाट गाडी खसेको स्थान देख्न सकिएको छैन् । जीप चालकलाई घाईते अवस्थामा उद्दार गरिएको छ । जीपमा यात्रु खचाखच भएको भए पनि यकीन संख्या थाहा हुन सकेको छैन् ।

यद्यपी घटना स्थलमा स्थानीय र प्रहरीको उद्दार कार्य जारी छ । थप विवरण आउन बाँकी ।