नेपालगन्ज: बाँकेको नेपालगन्जस्थित वडा प्रहरीले ८ किलो ५ सय ग्राम चाँदी सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मोटरसाइकलको टंकीमा लुकाएर ल्याएको अवस्थामा बिशेष सूचनाका आधारमा प्रहरीले बिहीबार भारतीय नागरिक अलिम सल्मानीलाई पक्राउ गरेको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बस्नेतले बताए ।
प्रहरी निरीक्षक बस्नेत नेतृत्वको टोलीले सल्मानीले प्रयोग गर्दै आएको मोटरसाईकलको टंकीबाट ८ किलो ५ सय ग्राम चाँदीका तयारी गहना बरामत गरेको हो । यूपी ०३२ जेपी ३८८८ नम्बरको पल्सर मोटरसाईकल खानतलासी गर्ने क्रममा टंकीमा लुकाईराखेको चाँदी बरामत गरिएको वडा प्रहरी प्रमुख बस्नेतले बताए ।
पक्राउ परेका सल्मानीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । उनीमाथि अनुसन्धान बिहीबारदेखि नै चलेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?