नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१९, बसपार्क पछाडी रहेको ब्रिटिश इङ्लिस बोर्डिङ्ग स्कुलको चरम लापरबाहीका कारण १४ वर्षीय बालकको ज्यान गएकोछ ।
नीजि विद्यालयको चरम लापरबाहीका कारण सोही विद्यालय कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक भरत कँडेलको मृत्यु भएको हो । नेपालगन्जमा विवादित बनेको ब्रिटिश इङ्गलिस बोर्डिङ्ग स्कुलमा चारमहिनाको अन्तरालमा अर्को ठूलो घटना भएको हो ।
विद्यालयहाताभित्रै करेन्ट लागेर बालकको ज्यान गएपछि विद्यार्थीमाथी विद्यालय र शिक्षकको चरम लापरबाही सतहमा आएकोछ । अभिभावकसँग चर्को शूल्क असुली गर्ने यस्ता नीजि स्कुलहरुले भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिँदा नीजि विद्यार्थीहरुको ज्यान जोखिममा हुने गरेको यस घटनाले पुष्टि गरेको छ ।
विद्यालय हाताभित्र विद्यार्थीको करेन्ट लागेर मृत्यु भएपछि कमाउ धन्दाकै लागि खोलिएका नीजि विद्यालयभित्रको वास्तविकता बाहिर आएको हो । विद्यालयको गेट नजिकै रहेको बिजुलीको खुला तारमा करेन्ट लागेको बताइएको छ ।
गत मंसिरमा चार बर्षिया बालिका शौचालयमा थुनिएपछि विवादित बनेको नेपालगन्जस्थित ब्रिटिश इङ्गलिस बोर्डिङ्ग स्कुलमा फेरि अर्को लाहपरबाहीको घटना सार्वजनीक भएको छ । नेपालगन्ज–१९ मा रहेको उक्त विद्यालयमा करेन्ट लागेर विद्यार्थी भरतको ज्यान गएसँगै विद्यालयको अर्को लाहपरबाही बाहिर आएको छ ।
विद्यालयका प्रिन्सिपल हेमन्तराज काफ्लेले विद्यालयको चरम लापरबाहीमाथि पर्दा हाल्दै घटनालाई भवितब्य बताएकाछन् । उनले प्रकृतिलाई दोष देखाउँदै भने–‘ठूलो पानी परिरहेको थियो, आफ्नै आँखा अगाडी एक्कासी चिप्लिएर लड्यो, नराम्रो घटना भयो, हामी निकै दुखी भएका छौं ।’
यस घटनाले निजी विद्यालय गुणस्तरीय शिक्षा दिनेतर्फ भन्दा कमाउधन्दामा केन्द्रीत भएको तथ्य प्रष्ट छ । कमजोर र अव्यवस्थित संरचना तथा अभिभावक र विद्यार्थीप्रतिको गैरजिम्मेवारपूर्ण व्यवहार कारण निजी विद्यालयका विद्यार्थीहरुको जीउज्यान नै जोखिममा पर्ने गरेको छ ।
विद्यालयको लाहपर्वाहीकै कारण भरत कँडेलले जान गुमाउनु परेकोले यस्ता निजी बिद्यालय बन्द गर्नुपर्ने अभिभावकहरुको भनाई छ ।
यसअघि सोही बिद्यालयमा चार वर्षिया बालिका चार घण्टा शौचालयमा थुनिँदा ज्यान जोखिममा परेको थियो । गत मंसिर ६ गते विहान ९ बजे नै विद्यालय पुगेकी चार वर्षिया बालिका सफलता बजगाईँ शौचालयमै करिब चार घण्टा थुनिएर बेहोस भएकी थिइन् ।
थप समाचार पढ्नुस्
शिक्षकहरु पिकनिकमा मस्त, विद्यार्थी शौचालयमा बेहोस