सबैलाई समेटेर जनसम्पर्क समिति अष्ट्रेलियाको अधिबेशन गराउँदै गिरी

‘गलत तत्वहरुले गलत प्रचार गरिरहेकाछन्’


सबैलाई समेटेर जनसम्पर्क समिति अष्ट्रेलियाको अधिबेशन गराउँदै गिरी

अष्ट्रेलिया: नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अधिबेशन गराउन नेता जग्गनाथ (कृष्ण) गिरी कम्मर कसेर लागेका छन् । केहि महिना अघि काँग्रेस केन्द्रिय समितिले निर्णय गर्दै अष्ट्रेलियाका गिरीलाई नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसीसीए) को अधिबेशन गराउन जिम्मेवारी सुम्पिएपछि गिरीले सबैलाई समेटेर अधिबेशन गराउन लागि परेका हुन् ।

पार्टीले जिम्मेवारी दिएको दिन देखि आजका दिन सम्म निरन्तर छलफल र बहसबाट सबैलाई एकतामा बाँधेर चौथो अधिबेशन गर्ने प्रयासमा आफु लागेको अध्यक्ष गिरीले बताए । ‘शान्तिपुर्ण, विवादरहित वातावरणमा अधिवेशन सम्पन गर्न हामी सबै कस्सिएर लागेका छौं । सबैको साथ मिलिरहेको छ ।’ अध्यक्ष गिरीले भने ‘पार्टीका केन्द्रिय नेता देखि अष्ट्रेलियामा रहेका अगुवा, सबै साथीहरुसँग छलफल गर्दै अधिवेशनलाई सफल पार्नका लागि लागेका छौं ।’

गुटउपगुट र गलत मानसिकताका व्यक्तिहरुले अधिवेशनमा बाधा पुर्याउन खोजेको प्रति दुःख व्यक्त गर्दै उनीहरुले लगाएका आरोपहरु कपोकल्पीत र भ्रामक भएको अष्ट्रेलियाका अगुवा काँग्रेसीहरुले बताएका छन् । वेष्ट्रन अष्ट्रेलिया (पर्थ) संयोजक नील थपलीया अधिवेशनको तयारी सौहार्दपूर्ण वातावरणमा भइरहेको बताए ।

संयोजक थपलिया भन्छन्–‘गलत प्रचार गर्ने गराउने सच्चा काँग्रेसी हुन सक्दैनन, सवै लोकतन्त्रबादीहरु अधिबेशन सभ्य र भब्य रुपमा सफल बनाउन एक जुट हौं ।

Kanti Aarogya Hospital Nepalgunj

ब्रिसबेनका संयोजक अभिमान सिंह बस्नेतले सबै कुराको छिनोफानो अधिबेशनले गर्ने हुनाले अधिबेशन सफल पार्न र गलत भ्रममा नपर्न सबैलाई आग्रह गरे ।

बिदेश स्थित जनसम्पर्क समितिहरुका बारेमा पार्टिले स्पष्ट नीति निर्देशन तयार गर्दै अधिवेशनका लागि गरेका निर्णयहरुले प्रवासका काँग्रेस समर्थितहरुलाई झन उत्साहित बनाए छ । त्यसैले यतिखेर अष्ट्रेलियामा रहेका काँग्रेसीहरु खुसीका साथ अधिबेशनको तिब्र तयारीमा जुटेका छन । अधिवेशनका बारेमा कुनै विवाद नरहेको र गुट उपगुट गराउन खोज्ने तत्वहरुले अधिबेशन हुन नदिन खोजेको नेताहरुले बताएकाछन् ।

मेलवर्न संयोजक रमेश छत्कुलीले अधिवेशनमा बाधा अड्चन नहाल्न र सबै सहभागि हुन आव्हान गरे । संयोजक छत्कुलीले पैसा खाएर केही नेपाली अनलाईनले गलत र भ्रामक समाचार सम्प्रेषण गरेकोप्रति म चिन्ता ब्यक्त गर्दछु ।

युवा नेता शीतल खाँडले आफूहरु जनसम्पर्क मिलाउन दिनरात छलफल, सहमति र सहकार्य गरिरहेको र एकथरी साथीहरुले विहान सूर्योदय भएदेखि सूर्यास्त भएसम्म कसरी विगार्ने भन्ने मात्रै खेल खेलिरहेको बताए ।

अर्का जनसम्र्पक अभियन्ता गणेश केसीले अधिबेशन तयारीमा सवै जुटिरहेको अवस्थामा अनावश्यक बखेडा निकाल्नुको कुनै तुक नरहेको उल्लेख गर्दै प्रजातन्त्रमा विश्वास गर्ने र विधिविधानलाई सर्वोपरि ठान्ने लोकतन्त्रबादीहरु अधिवेशनलाई सभ्य र भब्य बनाउन लाग्नुपर्ने बताए ।

अध्यक्ष गिरीले नेपाली काँग्रेसका नेता एनपि साउदको उपस्थितिमा कार्यकर्ता भेला राख्ने, सबैका कुरा सुन्ने, काम गर्न चाहनेहरुका लागि एक्सप्रेस अफ इन्ट्रेस मागेर सबैलाई संगठनमा काम गर्न ढोका खुल्ला गर्ने, पद्धति र प्रक्रिया अनुरुप असन्तुष्ट पक्षहरुसंग छलफल गर्ने, सफलता पूर्वक अधिवेशन सम्पन्न गर्न अष्ट्रेलियाका प्रतिष्ठित, अनुभबि र संगठनमा लामो समयदेखि सहयोगी रहेका व्यक्तिहरुलाई संलग्न गराएर समिति निर्माण गरी सुझब प्रतिवेदन तयार पर्ने जस्ता चरमबद्धरुपमा कार्य सम्पादन गरेका छन् ।

‘अध्यक्ष ज्यू निकै खटिएर लाग्नु भएको छ । अधिवेशन सम्पन्न गर्न सबैलाई समेटेर छलफल गर्दै अगाडी बढ्नु भएको छ ।’ यहाँ स्थित काँग्रेसी नेताहरुले भने । गिरीले करिब ४ महिनाको गृहकार्य पछि अधिवेशन सम्पन्न गर्नका लागि बिभिन्न उपसमिति गठन गर्दै संगठन निर्माण समेत गरेका छन् ।

अधिवेशनको तिब्र तयारीमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया पार्टि भित्रको आन्तरीक मनमुटाव र संगठनमा आफ्नैले आफ्नालाई सिध्याउने खेलले गर्दा गएका सबै निर्बाचनमा नेपाली कांग्रेसले ठूलो हार बेहोर्नु परेको र यो रोग बाट प्रवासमा बस्ने नेपाली काँग्रेस समर्थित नेपालीहरु समेत अछुतो रहेका छैनन् । यसबाट जनसम्पर्क समितिहरु समेत यस्ता बिवादमा तानिए । पछिल्लो समय पार्टिमा धेरै निर्णयहरु छलफल र सर्बसम्मत गर्ने कार्यहरु भएका छन । एकतामा नै सबैको स्वार्थ पुरा हुने र संगठनको जित हुने भएकाले विवाद नगरि सबैलाई एउटै मालामा गाँसिन अध्यक्ष गिरीले आग्रह गरे ।

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियामा एक सदस्यमात्र समिति भएकाले अध्यक्ष गिरीले चौथो अधिबेशन सम्पन्न गराउन अष्ट्रेलियाका आठ ओटै राज्यमा समिति बिस्तार समेत गरेका छन् । राज्य अधिबेशन तयारी तथा तदर्थ समितिका संयोजकहरुमा क्रमशः एनएसडब्लु (सिड्नी) संयोजकः सितल गिरी, भिक्टोरीया (मेलवर्न) संयोजकःरमेश छत्कुली, क्वीन्सलेण्ड (ब्रिसवेन) संयोजक: अभिमानसिंह बस्नेत, साउथ अष्ट्रेलिया (एडिलेड) संयोजक:दिलिप पोखरेल, वेष्ट्रन अष्ट्रेलिया (पर्थ) संयोजकः नील थपलीया, नर्दन टेरीटोरी (डार्वीन) संयोजक: सिजन गिरी, क्यानवेरा–क्वीनविन (एसिटि) संयोजक: भागिरथ सापकोटा र ताजमानीया संयोजक: प्रमोद सापकोटा (टेक) रहेका छन ।

त्यसैगरी केन्द्रिय निर्बाचन समिति, संयोजक: गणेश केसी र बिधान संसोधन समिति संयोजक: निरज श्रेष्ठ रहेका छन । सल्लाहकार समिति र अन्य उपसमिति गरी करिब २०० भन्दा बढि व्यक्तहरुलाई जिम्मेवारीमा समावेश गराएर एकताको सन्देश नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले दिएको छ ।

पछिल्लो समय एनआरएनएको निर्बाचनमा राजनीति घुसाई व्यापार गर्ने, उमेद्वारहरुलाई तनाब दिई खाई पिई मोज मस्ती गर्नेहरुका लागि भने संगठनमा आएका सुधारका कार्यक्रमहरुले टाउको दुखाएको समर्थकहरु बताउँछन् । पार्टीको गुटउपगुट र गलत मानसिकतालाई त्यागेर अविवेशनलाई सफलता पूर्वक सम्पन्न गराउन सबैलाई आग्रह गरिएको छ ।