कोहलपुर:बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवाका सोमलाल थारुको करेन्ट लागेर निधन भएको छ । कोहलपुर कौशिलानगर स्थित नेपाली सेनाको व्यारेकमा समरसेवल पप्प जडान गर्ने क्रममा दिउसो २ बजे करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।
उनी सर्वसाधारण रहेका जानकारी प्राप्त भएको छ । ५० बर्षिया सोमलालको पप्प जडान गर्ने क्रममा करेन्ट लागेर उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।
यसैबीच, ट्रकको ठक्करबाट नेपालगन्जमा तीन जना घाईते भएका छन् । बुधवार बेलुका गणेशमान चोक नजिकै मालबहाक ट्रकले एकै पटक ३ वटा अटो रिक्सा, २ वटा बाईक र एउटा स्कुटीलाई ठक्कर दिएको हो ।
नेपालगन्जबाट कोहलपुतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा खजुरा २ का ६४ वर्षीय मोटरसाईकल चालक लालबहादुर थापा गम्भीर घाईते भएका छन् । त्यसैगरी नेपालगन्ज १३ का अटो चालक सुरज सोनी र स्कुटी सवार खजुरा १ का १९ वर्षीय धिरज थापा घाईते भएका छन् ।
ना ७ ख १३९३ नम्बरको ट्रकले भे १ ह ३०७३, भे १ स ३४५६ र भे १ स १२११ नम्बरका ३ वटा अटोलाई ठक्कर दिएको हो । त्यसैगरी भे ४ प ७४१२, भे ५ प ९१४७ नम्बरको मोटरसाईकल र भे ६ प ४१०९ नम्बरको स्कुटरलाई ट्रकले एकसाथ ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पविन्द्र बमले जानकारी दिए । घटनालगत्तै ट्रक तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोछ ।