बाँकेबाट राणा, बैश्य र आचार्य मनोनित


बाँकेबाट राणा, बैश्य र आचार्य मनोनित

नेपालगन्ज : प्रदेश नंम्बर पाँचमा गठन भएको प्रदेश बिकास परिषद सदस्यको नाम सार्वजनिक भएको छ । प्रदेशमन्त्री परिषदको वैठकले मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा बिकास परिषद गठन गर्ने निणर्य गरेको थियो ।

प्रदेश मन्त्रीपरिषद बैठकले बाँकेबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमसेर राणा स्थानीय तहबाट, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य संस्थागत तर्फ र सामाजशास्त्री डाक्टर जनार्दन आचार्य सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री संयोजक रहने उक्त परिषदमा समाजमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरुलाई सदस्यमा प्रदेश सरकारले मनोनित गर्ने प्रावधान छ । पदेन सदस्य सहित परिषद सदस्यको संख्या ६० भन्दा वढि हुने छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रदेश सरकारका मन्त्रिहरु, प्रदेश सरकारको मुख्यसचिव, मन्त्रालयका सचिवहरु, प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सभाका बिभिन्न समितिका सभापतिहरु, प्रदेश योजना आयोगको उपाध्यक्ष र सदस्यहरु, जिल्ला समन्वय परिषदका सभापति पदेश सदस्य रहने व्यवस्था छ ।