नेपालगन्ज: कोभिड–१९ को संक्रमणका कारण विश्व प्रख्यात फुटबल टिम रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ ।
७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो । बुधबार अस्पताल भर्ना भएका सान्जको उपचारका क्रममा शनिबार निधन भएको उनका छोरा फर्नान्डोले ट्विटरमार्फत जानकारी दिएका हुन् ।
‘मेरो बुवाको भर्खरै मृत्यु भएको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘यो तरिकाबाट अवसान हुन उहाँ लायक हुनुहुन्थेन ।’ यसैबीच रियल मड्रिडले एक विज्ञप्ति जारी गर्दै आफ्ना पूर्वअध्यक्षको निधनप्रति दुःख व्यक्त गरेको छ ।
लोरेन्जोले ५ वर्ष रियल मड्रिडको अध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनको कार्यकालमा रियल मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो । लोरेन्जोले सन् १९९५ देखि २००० सम्म अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे
च्याउ टिप्न जंगल गएका थिए कृष्ण, बाघले लग्यो ज्यान
‘बुद्ध सर्किट’मा नेपाल-भारत व्यावसायिक समझदारी
हिम्लुङ हिमपहिरो-१५ जनाको शव भेटियो, अझै एकजना वेत्तपा