दाङमा भाइले कुटेर आफ्नै दाई मारे


दाङमा भाइले कुटेर आफ्नै दाई मारे

दाङ: भाईले दाईलाई कुटेर मारेका छन् । दाङमा आफ्नै भाइले दाइलाई कुटपिट गर्दा उनको मृत्यु भएको हो ।

घरयासी विवाद हुदाँ राजपुर गाउँपालिका १, रसरीखोलाका २३ वर्षीय भाइ जसराम कामीले आफ्नै ३२ वर्षीय दाइ प्रेम कामीलाई बुधबार राती १० बजे लौरोले कुटपिट गरी सख्त घाइते बनाएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

घाइतेको श्वासनली र गर्दनमा गहिरो चोट छ । गम्भीर घाईते भएका दाई प्रेमको बिहीबार बिहान ६ बजे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

यतिबेला शवलाई लमही अस्पतालमा राखिएको छ । भने दाङ प्रहरीले भाइको खोजी गरिरहेको जनाएकोछ ।