दाङ: भाईले दाईलाई कुटेर मारेका छन् । दाङमा आफ्नै भाइले दाइलाई कुटपिट गर्दा उनको मृत्यु भएको हो ।
घरयासी विवाद हुदाँ राजपुर गाउँपालिका १, रसरीखोलाका २३ वर्षीय भाइ जसराम कामीले आफ्नै ३२ वर्षीय दाइ प्रेम कामीलाई बुधबार राती १० बजे लौरोले कुटपिट गरी सख्त घाइते बनाएका थिए ।
घाइतेको श्वासनली र गर्दनमा गहिरो चोट छ । गम्भीर घाईते भएका दाई प्रेमको बिहीबार बिहान ६ बजे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
यतिबेला शवलाई लमही अस्पतालमा राखिएको छ । भने दाङ प्रहरीले भाइको खोजी गरिरहेको जनाएकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?