क्वारेन्टाइन सञ्चालनका लागि आफ्नै कार्यालय दिन बाँके काँग्रेस तयार


क्वारेन्टाइन सञ्चालनका लागि आफ्नै कार्यालय दिन बाँके काँग्रेस तयार

नेपालगन्ज: कोरोना भाइरसको संक्रमण फैलिन नदिन क्वारेन्टाइन स्थापनाकालागि नेपाली काँग्रेस बाँके आफ्नै कार्यालय दिन तयार भएको छ।
जिल्ला सभापति किरण कोइरालाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सिंगो मुलुक संकटको अवस्थामा रहेकाले सरकारलाई साथ र सहयोग गर्न तयार रहेको र विपी स्मृती भवनको सभाहललाई क्वारेन्टाइन सञ्चालनका लागि प्रयोग गर्न दिने जानकारी दिएकी हुन् ।

दुई तल्ले उक्त भवनमा दुई वटा ठुला सभाहल रहेको काँग्रेसले जनाएको छ । भारतबाट नेपाल फर्किने नेपाली नागरिकप्रति सरकारले गरेको ब्यवहारप्रति भने काँग्रेसले आफ्नो ध्यानआकृष्ट भएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘कोरोना भाइरसको सन्त्रासकै कारण छिमेकी देश भारतमा काम गरेर फर्केका नेपाली मजदूरहरु विभिन्न सीमा नाकामा अलपत्र परिरहेको समाचार आइरहेका छन्, भारतबाट फर्केका १ सय ८१ जना नेपालीहरु पनि बाँकेको सीमा नाकामा झण्डै ४ दिनसम्म खुल्ला आकाशमुनी रात बिताउन बाध्य हुनुपर्यो, नेपाली नागरिकको भन्दा फरक ब्यवहार देखाएर खुल्ला आकासमुनी बस्न बाध्य बनाउने संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको गैरजिम्मेवार कार्यप्रति नेपाली काँग्रेस बाँकेको ध्यानआकृष्ट भएको छ ।’

नेपाली नागरिकलाई सहज रुपमा स्वदेश ल्याएर ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्नुपर्नेमा सरकार उनीहरुलाई उल्टै भारतीय क्वारेन्टाइनमा राख्न अग्रसर देखिएको भन्दै काँग्रेसले नेपालमा क्वारेन्टाइन ब्यवस्थापन गर्न प्रशस्त आधार र सम्भावना हुँदा हुदैपनि सरकारले आफ्ना नागरिकलाई नेपाल आउन रोक लगाएर भारत फर्काउन खोज्नु उपयुक्त नभएको जनाइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

‘तथापी, भारतबाट फर्केका नेपालीलाई सीमावर्ती दशगजा क्षेत्रमा अस्थायी क्वारेन्टाइन निर्माण गरेर ब्यवस्थापनगरिएको प्रति काँग्रेस बाँके आभार प्रकट गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ‘भारतमा लकडाउनका कारण प्रभावित भएका नेपालीहरु अझैपनि स्वदेश फर्किने क्रम नरोकिएको हुँदा उनीहरुलाई सहज रुपमा आफ्नो देशमा प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाउन संघीय, प्रदेश र स्थानीय सरकारसँग माग गर्दछौं ।’

क्वारेन्टाइनमा बस्दासम्म उनीहरुको लागि दैनिक रुपमा खाना, शुद्ध पिउने पानी, स्वास्थ्यजाँच, शौचालय लगायतको उचित ब्यवस्थापन गर्न तर्फ ध्यान दिन बाँके काँग्रेसले आग्रह पनि गरेको छ ।

‘नागरिकलाई आफ्नो देशमा ल्याएर सुरक्षित र व्यवस्थित क्वारेन्टाइनमा राखी उनीहरुको जीवन रक्षा गर्नु राज्यको दायित्व र कर्तव्य हो ।’ संकटको अवस्थामा पनि स्वास्थ्य सामाग्री खरिदमा सरकार भ्रष्टाचारमा संलग्न भएको घटनाको काँग्रेस बाँकेले भत्र्सना गरेको छ । स्वास्थ्यकर्मीले आफ्नो ज्यान जोखिममा राखेर काम गर्नु परिरहेको, स्वास्थ्य सामाग्री (पि.पि.ई.) नेपाल सरकारले पुरा खरिद नगरेको, खरिद गरिएको सामाग्री पनि कमसल भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।