प्रदेश २ नेपाली काँग्रेसद्वारा ४० लाख प्रदान


प्रदेश २ नेपाली काँग्रेसद्वारा ४० लाख प्रदान

जनकपुर: प्रदेश २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले आज ४० लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ ।

काँग्रेसका प्रदेश २ स्थित आठवटै जिल्ला कार्यसमितिकोतर्फबाट काँग्रेस जिल्ला कार्यसमिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका क्रममा काँग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव, बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखरकुमार यादवसहितको उपस्थिति थियो ।

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै कोषमा आज लक्ष्मी बैंकले रु १० लाख र सिभिल बैंकले रु पाँच लाख प्रदान गरेको छ । ती दुवै बैंकका प्रतिनिधिले छुट्टाछुट्टै कार्यक्रममा मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कोषमा अहिलेसम्ममा रु एक करोड छ लाख ७५ हजार जम्मा भइसकेको छ र सोबाहेक भाटभटेनी सुपर मार्केटले सो कोषमा रु २५ लाख दिने घोषणा गरेको मुख्यमन्त्री राउतको प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए । -रासस