जनकपुर: प्रदेश २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले आज ४० लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ ।
काँग्रेसका प्रदेश २ स्थित आठवटै जिल्ला कार्यसमितिकोतर्फबाट काँग्रेस जिल्ला कार्यसमिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका क्रममा काँग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव, बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखरकुमार यादवसहितको उपस्थिति थियो ।
त्यस्तै कोषमा आज लक्ष्मी बैंकले रु १० लाख र सिभिल बैंकले रु पाँच लाख प्रदान गरेको छ । ती दुवै बैंकका प्रतिनिधिले छुट्टाछुट्टै कार्यक्रममा मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कोषमा अहिलेसम्ममा रु एक करोड छ लाख ७५ हजार जम्मा भइसकेको छ र सोबाहेक भाटभटेनी सुपर मार्केटले सो कोषमा रु २५ लाख दिने घोषणा गरेको मुख्यमन्त्री राउतको प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए । -रासस
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा