डोटी: गोली हानी हत्या गरिएकी जिल्लाको जोरायल गाउँपालिका ४, देउथलाको नङ्नीटोलकी २० वर्षीया अनीता वनको शवको दुई दिन बित्दा पनि परीक्षण हुनसकेको छैन ।
उनको शव जिल्ला अस्पताल डोटीको शवघरमा राखिएको छ । जिल्ला अस्पतालमा पाँच चिकित्सक कार्यरत रहे पनि गोलीकाण्डको परीक्षण गर्ने अधिकारप्राप्त चिकित्सक कोही नभएका कारण उनको शव परीक्षण हुन नसकेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्योति पाण्डेले बताए । उनले भनिन्, “अस्पतालमा हामी पाँच चिकित्सक कार्यरत छौँ, गोलीकाण्डको परीक्षण गर्ने अधिकार र तालिम हामीसँग नहुँदा नगरिएको हो ।”
गएको आइतबार राति अनीताको छातीमा भरुवा बन्दुकले गोली हानिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । –रासस
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?