बालिका बलात्कार गर्ने गिरी अझै फेला परेनन्


बालिका बलात्कार गर्ने गिरी अझै फेला परेनन्

कोहलपुर: बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेपनि अर्का भने फरार रहेकाछन् ।

पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर–११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबारनै पक्राउ गरिएपनि अर्का अभियुक्त अङ्कित गिरी अझै पक्राउ पर्न सकेका छैनन् ।

Kanti Aarogya Hospital Nepalgunj

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार गत आईतबार साँझ घरमा कोही नभएका समयमा घोराही–६ घर भई कोहलपुर, एकता नगर बस्दै आएका १९ वर्षीय अङ्कित गिरीले काम छ भन्दै मल्लका घरमा बोलाएर दुवै जनाले बलात्कार गरेको पीडितले सोमबार प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ ।

त्यसलगत्तै अभियुक्त गिरी भने फरार रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी घटनाबारे अनुसन्धान सुरु गरिएको बताइएको छ ।