नेपालगन्ज : सप्तरीमा लक डाउनका बेला बाहिर निस्केकी एक महिलाको मृत्यु भएको छ । लकडाउन उल्लंघनका विषयमा प्रहरीसँगको बादविवादका क्रममा बेहोस भएकी ६५ वर्षीया जैनव खातुनको मृत्यु भएकोहो ।
सोमबार विहान सप्तरीको खड्ग नगरपालिका ६ बीरपुरमा लकडाउन उल्घंघन गरेर सर्वसाधारण बाहिर निस्केको सूचना पाएर पुगेको ईलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीसँग स्थानीय वासिन्दाको विवाद भएको थियो ।
प्रहरीले लक डाउन उल्लंघन नगर्नुस् भनेर सम्झाउँदै गर्दा ६५ वर्षीया खातुन एक्कासी ढलेकी थिइन् । लगत्तै प्रहरीले उनलाई स्थानीय अस्पताल लगेको थियो ।
बेहोस भएकी उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउनेवित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी मुटुका रोगी थिइन् । अस्पतालका डाक्टर अनुसार हृदयघात भनिएकोछ ।
यद्यपी स्थानीयले लकडाउन उल्लघंन गरेको भन्दै प्रहरीले घर–घरमा गई लाठी चार्ज गर्दा मृतक जैनवलाई समेत लाठी लागेको र उपचारको क्रममा मृत्यु भएको बताइएकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?