नेपालगन्ज: लकडाउनका क्रममा घर फर्किरहेका बर्दिया ठाकुरबावा नगरपालिका वडा नम्बर ३, बखतपुरका चक्र थारु सम्र्पक बिहीन भएका छन् ।
काभ्रेबाट गाँउले साथीहरुसगैं ट्रकमा आएका चक्र बाँकेको राप्ती सोनारी गाउँपालिकाको अगैयाबाट सम्र्पक बिहीन भएका हुन् । घटना गत शुक्रबारको हो । उनी हराएको पाँच दिन वितिसक्दा पनि अझै फेला परेका छैनन् ।
३० वर्षिय चक्र गाउँले साथीहरुसँगै ट्रकमा अगैयासम्म आएका थिए । थारु शौच गर्न जाँदा छुटेका थिए । भोकले रन्थनिएका थारु अगैयाबाट कोहलपुरतर्फ लागेको बताइएको छ । तर, त्यसपछि उनको कसैसँग सम्पर्क हुन सकेको छैन ।
कालो सर्ट लगाएका थारुलाई जो कोहीले फेला पारेमा नजिकैको प्रहरी चौकी वा ठाकुरबाबा नगरपालिकामा खबर गरिदिन ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले आह्वान गरेकाछन् ।
यसैबीच शुक्रबारदेखि बेपत्ता भएका चक्रको चौतर्फी खोजीका लागि आह्वान गरिएको छ । थारुको खोजीका लागि सम्वाद समूह बाँके र बर्दियाले पनि आवश्यक समन्वय र पहल गरिरहेको शुक्रऋषी चौलागाईले जानकारी दिए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?