नेपालगन्ज: नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एंव प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथकले हिल्स मेडी सप्लायर्ससँग कमिसनको कुनै कनेक्सन नभएको बताएका छन् । अथकले शनिबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी सेतोखरी डटकममा आफ्नो नाम जोडेर प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सांसद अथकले नेपालगन्जमा बिक्रीका लागि सरकारद्वारा हिल्स मेडी सप्लायर्सलाई स्वास्थ्य सामाग्री दिलाउने मात्र काम गरेको बताएकाछन् । ‘काठमाण्डौंमा स्वास्थ्य सामाग्री बाँके लैजानका लागि मैले समन्वयको काम मात्रै गरेको हो । स्वास्थ्य मन्त्रालयको सिफारीसमा उक्त समाग्री नेपालगन्जको हिल्स मेडि सप्लायर्सले खरीद गरि बिक्रीका लागि लगेको हो ।’ विज्ञप्तीमा अगाडी लेखिएको छ ‘हिल्स मेडि सप्लायर्सलाई समाग्री बिक्री गर्दा बाँके जिल्लालाई पहिलो प्राथमिकतामा राख्नु भन्ने बाहेक उनीसँग मेरो कुनै सम्वन्ध रहेको छैन सामान्य चिनजान मात्र हो ।’
सो समाग्री बिक्री बितरणमा हिल्सले कानून बिपरीत भए गरेको भए सम्बन्धित सप्लायर्स जिम्मेवार रहने र कानून अनुसार कारबाहीको दायरमा ल्याउनु सांसाद अथकले विज्ञप्तीमा भनेका छन् । आफुले समाजमा आजको मितिसम्म निःस्वार्थ रुपमा काम गरिरहेको र औषधी खरीदमा मात्र नभएर यस बाहेक अन्य कुनै काममा कमिशन नखाएको सांसद अथकले बताएका छन् ।
हिल्स मेडि सप्लायर्सको स्वास्थ्य सामाग्रीको व्यापारीक कारोबारसंग आफ्नो नाम जोडि कालोबजारी र कमिशनमा जोडिएको भनि आएको उल्लेखित समाचार पूर्वाग्रहपूर्ण भएको बिज्ञप्तीमा उल्लेख छ । सांसद अथकले आफूले कमिशन खाएको प्रमाणीत भएमा सार्वजनिक जिवनबाट बिदा लिने समेत बताएका छन् ।
‘कथित कमिशनमा मेरो नाम जोडी व्यक्तिगत र सार्वजनिक छवी कलकिंत पार्ने काम भएकोले प्रकाशित समाचारप्रति खेद व्यक्त गर्न चाहन्छु ।’ विज्ञप्तीमा उल्लेख छ ।
जनताको जनप्रतिनिधीको हैसियतले हमेशा आफूले राज्यको तर्फबाट बितरण हुने स्वास्थ्य समाग्रीबाट बाँके नछुटोस्, गैर सरकारी संस्थाका तर्फबाट बितरण हुने समाग्रीमा बाँके नछुटोस्, व्यावसायीक तवरबाट आउने स्वास्थ्य सामाग्रीबाट बाँके नछुटोस् भनेर ध्यान दिने र पुर्याउने गरेको सांसद अथकले विज्ञप्तीमा उल्लेख गरेका छन् । सो सामाग्री हिल्स मेडी सप्लायर्स मार्फत नेपालगन्ज ल्याउनमा बाँके र बाँके बासीको चिन्ता र सरोकार बाहेक मेरो कुनै स्वार्थ नरहेको अथकले बिज्ञप्तीमा बताएका छन् ।