File Photo
सिड्नी (अष्ट्रेलिया): सामान्य जनजिवन यापन गर्न कठिन बनाईरहेको कोरोनाभईरसले बिश्वमा मानव समुदायलाई पीडाको जीवन जिउन बाध्य बनाईरहेको छ । भाईरसको प्रकोप नेपालमा पनि बिस्तारै बढ्दोक्रममा रहेको तथ्याङकले देखाएको छ । कोरोना भाईरसको प्रकोपबाट बच्न र मानवीय सहयोगमा जुट्न नेपाली काँग्रेस केन्द्रिय सदस्य एवम् नेपाली जनसम्पर्क समिति केन्द्रिय बिभाग प्रमुख गोबिन्द भट्टराईले ओशियाना क्षेत्रका नेपाली जनसम्पर्क समितिका साथीहरुलाई निर्देशन दिएका छन् ।
अष्ट्रेलिया, न्यूजिल्याण्ड नेपाली जनसम्पर्क समितिका अध्यक्षहरु तथा संगठनका साथीहरुसंग अनलाईन भिडियो बैठक गर्दै भट्टराईले भाईरसबाट बच्न लकडाउन गर्नै पर्ने बाध्यत्मक परिस्थितिले थप समस्या श्रृजना हुँदा जनजिवन कष्टकर भएको छ, यस्तो दुःखद् परिस्थितिमा संगठनका साथीहरु संगठित भएर राहत र सहयोगमा जुट्न निर्देशन दिएका छन् ।
कुराकानीकै क्रममा भट्टराईले, संक्रमणबाट बच्न नेपाल सरकारलाई नेपाली काँग्रेसले तत्काल ५० लाखको सहयोग समेत गर्यो तर, जनता माझ ति सहयोग तुरुन्त पुग्न सकेनन् । योजना बद्ध तरिकाले पूर्व सूचना नदिई नेपाल सरकारले लकडाउन गर्दा एक जिल्लाबाट अर्को जिल्ला र भारतमा काम गर्न गएका नेपालीहरु बिना काम त्यहा बस्ने स्थिति नरहे पछि घर फर्कन सकेनन जस्ले अहिले जनता सडकमा भोक भोकै सुत्न बाध्य भएका छन् । सरकार सबै तमासा हेरेर बसेको उनले बताए । सरकारले गलत समयमा बिधेयक ल्याएर बिबादीत कार्य गर्दै जनतालाई भरोषा दिन नसकेको पुष्टि भएको उनले बताए ।
पार्टिको आन्तरीक बिषयमा कुरा गर्दै भट्टराईले पार्टि जित्नेले चलाउने हो र हार्नेले सहयोग गर्ने हो, भागबण्डा गर्ने हैन भन्ने आफ्नो मान्यता रहेको छ, साथै सबै जनसम्पर्क समितिमा धेर थोर कमिकमजोरी र बिवादहरु छन् । ति समस्याहरुको उचित हलका लागि आफूले कार्य गर्ने भट्टराईले बताएका छन् ।
२३ अप्रिल नेपाली समय अनुसार ३ बजे देखि ५ बजेसम्म चलेको सो अनलाईन बैठकको व्यवस्थापन एवम् संयोजन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले गरेका थिए ।
केन्द्रिय बिभागको निर्देशनमा बैठकका आयोजना गरिएको थियो । भने उक्त बैठकमा उत्साहपूर्ण साथीहरुको उपस्थिति भएको र सबैले वर्तमान परिस्थितिमा राहत बितरण लगायत मानवीय सहयोग जुटाईदिएकोमा गिरीले सबैलाई धन्यबाद व्यक्त गरेका थिए ।
मेडिकल, पोलेसी, राहत लगायतका ५ समितिको निर्माण गरी १०० जना बिद्यार्थी एवम् पीडितहरुलाई राहत बितरण गर्ने कार्यमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया एनएसडब्लु राज्य समितिले कार्य गरिरहेको जानकारी गिरीले गराएका थिए ।
बैठकमा नेपाली जनसम्पर्क समिति न्यूजिल्याण्डका अध्यक्ष बुद्धिसागर घिमिरे, नेपाली जनसम्पर्क समिति अष्ट्रेलिाका अग्रजहरु गणेश केसी, प्रेम सापकोटा, डाक्टर कृष्ण हमाल, डाक्टर डिल्ली बन्जाडे, सुरेश गुरुङ, राजन ढुङ्गेल, राजिबनर्सिङ केसी, पिआर अधिकारी, डिल्ली ढकाल, बुद्धि डल्लाकोटी, गोकुल घिमिरे, रोहित खड्का, निल थपलिया, अभिमानसिंह बस्नेत, दीलिप कुमार पोखरेल, राजेश केसी, भागिरथ सापकोटा, राजु अधिकारी, सीतल गिरी, सुमिति केसी, सरोज पाण्डे, न्यूजिल्याण्डबाट केश गुरुङ, घनश्याम सापकोटा लगायतले उपस्थिति जनाउदै कोरोना भाईरसको बारेमा जानकारीहरु प्रस्तुत गरेका थिए । बैठकले एकअर्कामा सामिप्यता बढाएको प्रसंसा गर्दै आगामी दिनमा निरन्तरता दिन सहभागिहरुले सुझाब समेत दिएका थिए ।