कोहलपुरः बाँकेको कोहलपुरमा सेनाको गाडीले ठक्कर दिदाँ घटनास्थलमै एकजनाको मृत्यु भएको छ । भने अर्का एक जना गम्भीर घाईते भएकीछन् ।
कोहलपुर एनटिभी जाने चोकमा आज शनिबार बेलुका सेनाको गाडीले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा चालक २४ वर्षीय किरण भुषालको घटना स्थलमै मृत्यु भएकोछ । मृत्यु हुने भुषाल कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी हुन् ।
नेपालगन्जबाट कोहलपुतर्फ जादै गरेको नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक भुषालको ज्यान गएको हो ।
मोटरसाईकलको पछाडी बसेकी बारबर्दिया नगरपालिका–४, की २७ वर्षीय प्रतिक्षा भुषाल भने गम्भीर घाईते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पविन्द्र बमले जानकारी दिए ।
गम्भीर घाईते भएकी प्रतिक्षाको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । दुर्घटना लगत्तै प्रहरीले सेनाको गाडीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?