सर्लाही: सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ परेका छन । वाग्मती नगरपालिका–१० शङ्करपुरको जङ्गलबाट वन्यजन्तु मार्न पासो थाप्दै गरेका उनीहरू पक्राउ परेका हुन् हो ।
पक्राउ पर्नेमा वाग्मती नगरपालिका–४ का चन्द्रबहादुर ब्लोन, नगरपालिका–२ का सन्देश मोक्तान र त्यही वडाका भीमबहादुर डिमडुम रहेका छन् । आइतबार दिउँसो जङ्गली वन्यजन्तु मार्न पासो थाप्दै गरेको अवस्थामा सव डिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको सशस्त्र वन रक्षकको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
वन रक्षक टोलीलाई देखेर अन्य शिकारी भागेका छन् । सशस्त्र वन रक्षक टोलीले घटनास्थलबाट ठूलो परिमाणमा वन्यजन्तु मार्न प्रयोग गरिने पासो र बा ७० प ३५७८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय मूर्तियामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ । -रासस
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?