सांकेतिक तस्विर
नेपालगन्ज: नेपालगन्जको त्रिवेणी मोड नजिक स्थानीय र प्रहरीबीच झडप भएकोछ ।
आक्रोसित स्थानीयले वडा प्रहरी कार्यालयको बा १ झ ८२८४ नम्बरको पीकअप गाडी तोडफोड गरेकाछन् । गाडीको सीसा, झ्याल लगायतमा क्षति पुगेकोछ ।
लकडाउनकाबीच लागेको भीड हटाउन खोज्दा प्रहरी र स्थानीयबीच विवाद बढेपछि उत्पन्न परिस्थितीका कारण प्रहरी र स्थानीयबीच झडप भएको हो ।
आक्रोसित स्थानीयलाई साम्य गराँउदा उनीहरले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा प्रहरी परिचालन गरि भीड नियन्त्रणमा लिने काम गरेकोछ ।
यतिबेला बन्दोबस्तका साथ ठूलो मात्रामा प्रहरी परिचालन गरिएकोछ । प्रहरी स्थानीय र केही प्रहरी घाईते समेत भएको बुझिएको छ ।
बाँके प्रशासनले नेपालगन्जमा निशेधाज्ञा लागु गरेकै दिन स्थानीयले निशेधाज्ञा उल्लंङघन गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
आज मंगलबार मात्रै नेपालगन्जमा थप ७ जनामा कोरोना पोजेटिभ पाइएकोछ । यो सगै नेपालगन्जमा कोरोना संक्रमित संख्या २३ पुगेकोछ ।
थप विवरण आउन बाँकी...
यो पनि पढ्नुहोस्
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?