File Photo
नेपालगन्जः बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्न नपाएपछि सांसदहरुले होहल्ला र नाराबाजी गरेकाछन् ।
कोरोना भाइरस संक्रमणकाबीच बुधबार सभामुख अग्नि सापकोटाले बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको जानकारी गराउनेवित्तिकै केही सांसदहरुले उठेर विरोध गरेका थिए ।
सोक्रममा सांसदहरुले बोल्न नदिएको भन्दै आपत्ति समेत जनाएका थिए । सांसदहरुलाई बोल्न नदिएपछि उनीहरुले उठेर नाराबाजी गर्दै विरोध गर्दा संसदमा होहल्ला भएको थियो ।
झण्डै ५ मिनेटको होहल्लापछि सभामुख सापकोटाले सदनको कारवाही अघि बढाएका थिए ।