निजि गाडीमा नेपाल प्रहरी काण्ड, फेसबुकमा जथाभावि लेख्नेलाई खोज्दै प्रहरी
नेपालगन्ज: प्रदेश पाँचका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रबिन्द्रबहादुर धानुकले बाँकेको कोहलपुर घटनाका बारे तत्काल छानबिन र अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् ।
सेतोखरी अनलाइनले शुक्रबार ‘डिएसपीको आडमा पौने १ करोडको निजी गाडीमा ‘नेपाल प्रहरी’ लेखेर सररर’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेपछि प्रदेश प्रहरी प्रमुख डिआईजी धानुकले बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीलाई तत्काल उक्त घटनाका बारे अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।
डिआईजी धानुकले ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी कुलदीप चन्दले के कती करणले स्थानीय माइकल सापकोटाको गाडीमा नेपाल प्रहरी लेख्न दिइयो ? र दुवैजनाबीचको सम्बन्ध के हो ? राम्रोसगं अनुसन्धान गरि सवै रिर्पोट तुरुन्त पठाउनु भनि बाँकेका एसपी ओलीलाई निर्देशन दिएकाछन् ।
डिआइजी धानुकको अनुसन्धान निजि गाडीमा नेपाल प्रहरी लेखि चलाउन दिएको विषयलाई लिएर डिएसपी चन्दमाथि केन्द्रित रहनेछ । डिआईजी धानुकले उक्त घटनाको अनुसन्धानका लागि शनिबार नै छानबिन समिति गठन गर्न पनि बाँकेका एसपी ओलीलाई कडा निर्देशन दिएका हुन् । छानबिनपछि दोषीमाथि कानूनी कारबाही अघि बढाउन पनि डिआईजी धानुकले एसपी ओलीलाई निर्देशन दिएका छन् ।
शनिबार गठित छानबनि समितिले कोहलपुरको उक्त घटनामा संलग्न माइकल सापकोटा र डिएसपी कुलदीप चन्दमाथि अनुसन्धान गर्नेछ । सामान्य एउटा पसल गरेर बसेको व्यक्तिले यसरी लाखौं मूल्यको राहत निःशुल्क कसरी वितरण गर्न सक्यो ? कुन उद्देश्यले वितरण गरिरहेको हो ? गाडीमा नेपाल प्रहरी लेखेर किन चलाईरहेको छ ? अहिले प्रहरीको अनुसन्धनको चासोको विषय बनेकोछ । यस सन्दर्भमा पनि उक्त छानबीन समितिले व्यवसायी माइकल सापकोटा लगायतको आम्दानी स्रोत र सम्पत्ति विवरण पनि खोज्ने भएको छ ।
बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले डिआईजी कार्यालयबाट छानबीनका लागि निर्देशन आइसकेकोले आजैबाट सम्बन्धित पक्षसँग छानबिन तथा अनुसन्धान गरिने बताए । व्यवसायी सापकोटाले आफनो निजि गाडीमा ‘नेपाल प्रहरी’ लेखेर राहत बाड्ने निहुँमा एक ठेकेदारसँगको सहकार्यमा मान्छे ओसारपोसार समेत गर्ने गरेको खुलेकोछ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी कुलदीप चन्दको आडमा स्थानीय व्यापारी माइकल सापकोटाले आफ्नो ना.अ.प.क.१३१४ नम्बरको निजी गाडीमा नेपाल प्रहरी लेखेर चलाईरहेका छन् ।
मोबाईल बिक्रेता सापकोटा र डिएसपी चन्दबीच गतिलै साँठगाँठ भएको पनि खुलेको छ । राहत वितरण गर्ने निहुँमा सापकोटाले डिएसपी चन्दसँगको मिलेमतोमा सरकारको लकडाउन समेत ठाडै उल्लङ्घन गर्दै आएका छन् ।
नेपाल प्रहरी लेखेको सापकोटाको उक्त गाडी बाँकेको सैनिकपुगेर कोहलपुर फर्किनेक्रममा बिचबाटोमै दुर्घटना भएकोछ । गाडीमा केही क्षती भएपछि ग्यारेजमा लगि उक्त गाडी बनाएर कोहलपुर लगेकाछन् ।
त्यसकारण मोबाइल फोन बिक्रेता सापकोटालाई कहिल्यै लकडाउनले छोएन । डिएसपी चन्दको संरक्षणमा किया कम्पनीको पौने एक करोड मूल्य पर्ने किया स्पोर्टेज सेतो रंगको उक्त गाडीमा नेपाल प्रहरी लेखेर दैनिक उनी नेपालगन्ज–कोहलपुर गरिरहे ।
बाँकेका एसपी ओलीले भने जस्तो पौने एक करोडको महंगो निजी गाडी नेपाल प्रहरीलाई न अरूले प्रयोग गर्न दिन्छ न माइकलले नै प्रयोग गर्न दिएका छन् । गाडी गुडिरहेको डिएसपी चन्दले नदेखेका पनि होइनन् । किनभने ईप्रका र माइकलको घर सगै जोडिएको छ । लकडाउनका बेला निजी गाडीमा नेपाल प्रहरी लेखेर किन माईकलले गुडाइरहेका छन् भन्ने विषयमा कोहलपुर प्रहरी र माइकलको भनाइ नै विरोधाभाष छ । दुबैथरीले सेतोखरीलाई आ–आफ्नै प्रतिक्रिया दिए । तर, कुरा बाझियो ।
माइकलको गाडी नास्तापानी वितरण मात्र नभएर अन्य प्रयोजनमा गुडीरहेको छ । एसपी ओलीले निजी गाडीमा नेपाल प्रहरी लेखेपछि कि प्रहरीले चलाएको हुनु पर्ने अन्यथा गाडी गुडाउन नपाइने त्यो कानून विपरित हुने भन्दै ठाउँको ठाउँ समातिने बताए । अरु कुनै उपाए नलागेपछि नास्तापानी वितरण गर्ने निँहुमा माइकलले गाडीमा नेपाल प्रहरी लेखेर विभिन्न प्रयोजनमा गुडाइरहेको कोहलपुरका स्थानीय बासिन्दाहरु बताउँछन् । त्यसलाई कोहलपुर प्रहरीले छुट दिएको छ ।
बाँके प्रहरीले सामाजिक सञ्जालमा जथाभावि लेख्ने र गालीगलौच गर्नेलाई साइबर क्राइम मुद्दा लगाइने जनाएकोछ । बाँकेका एसपी वीरबहादुर ओलीले सामाजिक सञ्जालमा कसैलेपनि जथाभावि लेख्न नपाउने भन्दै यदि त्यस्तो लेखिएको पाइएमा पक्राउ गरि साइबर क्राईम अन्तर्गत मुद्दा चलाइने बताएका छन् ।
सेतोखरी अनलाइनले शुक्रबार ‘डिएसपीको आडमा पौने १ करोडको निजी गाडीमा ‘नेपाल प्रहरी’ लेखेर सररर...’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेपछि माइकल र उनका नजिकका ब्यक्तिले फेसबुकमा प्रतिक्रिया जनाउदै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई गालीगलौज गर्ने र खुँडा हान्ने समेत प्रतिक्रिया दिएका केही व्यक्तिलाई पक्राउ गर्न माग गरिएको छ ।
उक्त समाचार प्रकाशनपछि कोहलपुरका व्यवसायी माइकल सापकोटा नजिक भनिएका रत्न खत्री, देबन्द्र आचार्य, केशव गौतम लगायतका केही व्यक्तिले समाचार लेखेकै कारण सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकारलाई धम्की दिदै गालीगलौज गरेका थिए ।
कोहलपुर सम्झना घर भएका रत्न खत्रीले त सामाजिक सञ्जाल फेसबुकमै मुखैखोलेर ‘फोहोर गाली’ समेत गरेकाछन् । यसरी सामाजिक सञ्जालमा अश्लिल शब्द प्रयोग गरि पत्रकार र सञ्चारगृहको बदनाम तथा मान मर्यादा र प्रतिष्ठामाथि आँच पु¥याउने व्यक्तिलाई तत्काल पक्राउ गर्न माग गरिएको हो ।
स्मरणहोस् ‘डिएसपीको आडमा पौने १ करोडको निजी गाडीमा ‘नेपाल प्रहरी’ लेखेर सररर...’ शीर्षकको समाचारमा रत्न खत्री, देबेन्द्र आचार्य र केशव गौतमको कुनै सम्बन्ध नै छैन् । तर, माइकल सापकोटा र डिएसपी चन्दको नाम आउँदा उनीहरूले अनाहकमा पत्रकारमाथि गालीगलौज गरिरहेका छन् । बाँके प्रहरी प्रमुख एसपी ओलीले छानबिनसँगै उनीहरूलाई पनि अनुसन्धानका लागि पक्राउ गरिने बताएका छन् ।
यो पनि पढ्नुहोस्
डिएसपीको आडमा पौने १ करोडको निजी गाडीमा ‘नेपाल प्रहरी’ लेखेर सररर ....