नेपालका तेस्रो ब्यक्ति कोरोनका कारण मृत्यु


नेपालका तेस्रो ब्यक्ति कोरोनका कारण मृत्यु

नेपालगन्ज: नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयको नियमित पत्रकार व्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यसको पुष्टि गरेका हुन् । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका पुरुषको मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

निमावि स्कुलका प्रधानाध्यापक उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो ।

कोरोना शंकास्पद देखिएपछि जेठ २ गते उनको स्वाब निकालेर पीसीआर टेस्टका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । सोमबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । योसगैं कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ३ पुगेकोछ ।