सुर्खेतमा पहिलोपटक कोरोनाबाट एकको मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, कर्णाली प्रदेशमा २ जना


सुर्खेतमा पहिलोपटक कोरोनाबाट एकको मृत्यु

नेपालगन्ज : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलोपटक कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएकोछ ।

पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर पठाइएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि उनको कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।

ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पुष्टि गरे ।

मृत्यु भएका ती युवा जेठ ७ गते भारतबाट आएका उनी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राती २ बजे मृत्यु भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुका वीरेन्द्रनगर ल्याएर जाँच गर्दा पोजेटिभ आएको हो । योसगैं नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ पुगेकोछ । यसअघि दैलेखमा एकजनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो ।

यतिबेला मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको छ । उनको दाहसंस्कारका लागि आवस्यक स्वास्थ्य सुरक्षाको व्यवस्थापन गरि गरिने बुझिएकोछ ।

मृतक युवकसँगै जनता माविको क्वारेन्टिनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो । युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।