नेपालगन्ज: जनता समाजवादी पार्टीमा दुई अध्यक्ष र तीन जना बरिष्ठ नेता रहने गरी पार्टी दर्ताको निवेदन दिइएको छ । सुरूमा पार्टीमा एक जना संघीय परिषद् अध्यक्ष र दुई जना केन्द्रीय परिषद् अध्यक्ष हुने छलफल भएको थियो ।
त्यसो हुँदा समाजवादी पार्टीमा पनि संघीय परिषद् अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नयाँ पार्टीको पनि संघीय परिषद् अध्यक्ष हुने थिए । समाजवादी पार्टीका नेता अशोक राईले पार्टी दर्ता गरिसकेपछि निर्वाचन आयोग परिसरमा संघीय परिषद् अध्यक्ष बरियतामा पहिलो नम्बरमा रहने प्रतिक्रिया दिएका थिए ।
तर, पछि सार्वजनिक भएका कागजातमा बाबुराम पहिलो होइन चौथौं नम्बरमा रहेका छन् । राजपा नेता महन्थ ठाकुरले बाबुरामलाई आफूभन्दा माथि राख्न अस्वीकार गरेपछि बाबुराम रिसाएका हुन् ।
तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीले वरियता विवादको किचलोका बाबजुद् निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको हो ।
पार्टी दर्ताको निवेदन दिन आईतबार साँझ पाँच बजेपछि जसपाका शीर्ष नेताहरू कान्तिपथस्थित निर्वाचन आयोग कार्यालय पुगेका थिए । पार्टी दर्ताका लागि सूचना दिएको ४५ दिन पुगिसकेकाले उनीहरूले आईतबार नै पार्टी दर्ताको निवेदन दिनुपर्ने बाध्यता थियो ।
गत वैशाख १० गते मध्यरातमा समाजवादी र राजपा एकीकरणको सहमति भएको थियो । भोलिपल्ट दल दर्ता गर्न आयोग पुगे पनि केन्द्रीय समितिका निर्णयलगायत काजगात नपुगेकोले दर्ता भएको थिएन ।
निर्वाचन आयोगमा दर्ता भएको कागजातमा सुरूमा उनको नाम ठाकुरभन्दा पछि दोस्रो नम्बरमा राखिएको थियो । तर उनले नै म दुई नम्बरमा बस्दिनँ बरू उपेन्द्र यादव र अशोक राईभन्दा पछि चौथौ नम्बरमा राखिदिनुस् भनेपछि टिपेक्स लगाएर उनको नाम मेटिएको बुझिएकोछ ।
अन्तिम समयमा बाबुरामको नाममा टिपेक्स लगाएर अशोक राई र राजेन्द्र महतोको नामको बीचमा हातले लेखिएको छ ।
जसपामा १ सय ५१ राजनीतिक समिति, ७०१ जनाको केन्द्रीय कमिटी हुने भएको छ भने पार्टी दुई अध्यक्षको सामूहिक निर्णयका आधारमा चल्ने नेता यादवले बताए ।
अहिले पार्टी दर्ता भए पनि पछि संघीय परिषदको अध्यक्ष बाबुराम भट्टराई हुने र संसदीय दलको नेता राजेन्द्र महतो हुने आन्तरिक सहमति भएको छ ।
जसपाको शीर्ष बरियतामा बाबुराम चौथो नम्बरमा झरेपछि यतिबेला उनको नाम र फोटोलाई लिएर सामाजिक सञ्जालमा ट्रोल समेत बनेकोछ । विभिन्न ब्यक्तिहरुले बाबुरामको बरियताक्रमलाई लिएर तितो टिप्पणी गर्दै ट्रोल बनाइरहेकाछन् । तत्कालिन नेकपा एमाओबादी त्यागेर मधेश केन्द्रित दलमा गएसगैं एकृकित भएको जसपा पार्टीको चौथो बरियतामा पुगेका बाबुरामको चौतर्फी आलोचना भइरहेकोछ ।
कतिपयले त कुनैबेला लडाकु डुलाउने कुकुर डुलाउन थालेपछिको हैसियत यस्तै हुन्छ भनेर खिल्ली उडाएकाछन् । दल बदलुको हैसियत कस्तो हुन्छ भन्ने जसपा दर्ताले देखाएको छ । भने कसैले पार्टीमा बरियताक्रम तलमाथि हुनु स्वभाविक हो तर, डाक्टरको नाममा टिपेक्स । कसैले त्याग गरेको भएपनि हुनेथियो लगायतका टिप्पणी भइरहेकोछ ।