पोखरामा उपचाररत कोरोना संक्रमितको मृत्यु


पोखरामा उपचाररत कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षका बृद्धको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराले कोरोना संक्रमित ती बृद्धको मृत्यु भएको पुष्टि गरेकोछ । निर्देशनालयले सोमबार विहान एक प्रेस विज्ञप्ती जारी गरि यस्तो पुष्टि गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

‘गण्डकी प्रदेश, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारण आइसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको व्यहोरा अनुरोध छ’, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद बिन्दु शर्माद्वार जारी सूचनामा भनिएको छ ।

योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १४ पुगेको छ । जसमध्ये ११ जनाको मृत्युपश्चात कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।